पुनर्वास श्री पुनर्वास जनता माविको ४६ औं वार्षिकोत्सव एबं अभिभावक दिवस बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
कार्यक्रममा बिद्यालय का प्राध्यानाध्यापक मानबहादुर तामाङले आर्थिक बर्ष ०७८/०७९ असार मसान्तसम्म को ४ करोड ९ लाख ६२ हजार ७६३ रूपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर सायर को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय ईन्दु कडरिया बिष्ट रहनुभएको थियो ।
विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा , नगर उप प्रमुख भुलिया कुमारी राना तथा अतिथि मा वडाध्यक्ष मित्र सिंह लामा , समाजसेवी तथा पुर्व शिक्षक हरू बिष्णुभक्त पौडेल , रामचन्द्र नेपाल , चन्द्रा मल्ल , महेन्द्र बहादुर बस्नेत , रामचन्द्र भट्टराई , भद्रकृष्ण रिमाल लगायत रहनुभएको थियोे ।
सो अवसरमा बिद्यालय बाट अवकाश प्राप्त शिक्षक भोजराज श्रेष्ठलाई सम्मान सहित बिदाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा छात्र छात्रा भलिबल प्रतियोगिता मा प्रथम द्वितीय , तित्तिय हुने बिध्यार्थिहरूलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा नृत्य प्रतियोगिता को समेत आयोजना गरिएको थियो ।
सहायक प्र अ माधव प्रसाद पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन खेल शिक्षक कर्णबहादुर रोकायाले गरेका थिए ।