भारत बस्दै आएका कैलालीका तीन जनाको सुतिरहेको अवस्थामा मृत्यु

कैलाली । मजदुरीका लागि भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर दियाकोटीले बताए । भारतको उत्तर प्रदेशको मेरठमा रोजगारी गर्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कोठामा कोइला बालेर सुतिरहेको अवस्थामा चन्द्रभान (चन्ने) भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षिया छोरीको मृत्यु भएको वडाध्यक्ष दियाकोटीले बताए ।

बन्द कोठामा कोइला बालेर सुतेका उनीहरूको निसास्सिएर मृत्यु भएको बताइएको छ । घरमा उनका साना एक छोरा र छोरी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply