देखतभुली कटान खेलमैदानकाे खुल्ला फुटबल प्रतियोगिता सम्पन्न

सरस्वती सुनार
कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं ३ देखतभुली कटान खेल मैदानमा भएको SUYC CUP 2079 खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ कृष्णपुर नगरपालिका वार्ड नं ३ को सहयोग मा खेल सम्पन्न भएको हो । समावेशी एकता युवा क्लबको आयोजनामा २३ टीम को सहभागितामा पुष ७ गते देखि शुरू भएको खेल आज पुस १८ गते फाइनल खेलमा प्रतिस्पर्धी आयाेजक टिम समावेशी एकता युवा क्लब देखतभुलीलाई १ गाेलका विरुद्ध २ गाेलले पराजित गर्दै इटाहा चारपाते युवा क्लब अफ लालझाँडीले उपाधि जितेको छ। समाबेशी एकता युवा क्लब र इटाहा चारपाते युवा क्लब विच अत्यन्तै राेचकका साथ प्रतिस्पर्धा भएको थियोे । फाइनलमा पराजित भएसँगै समावेशी एकता युवा क्लब देखतभुली उपबिजेता बनेको छ। फुटबल प्रतियोगिताको बिजेता इटाहा चारपाते युवा क्लबले १ का विरुद्ध २ गोलले विजय भएको हो। विजय हुने टीम इटाहा चारपाते युवा क्लबको टीमले नगद रु ३६ हजार १११ रुपैया ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका छन भने दृतिय हुने टीम आयाेजक समावेशी एकता युवा क्लबले नगद रु १७ हजार १११रुपैया ट्रफी , प्रमाण पत्र प्रदान गरेको आयोजकका अध्यक्ष सन्तराम चौधरीले जानकारी दिए । खेलमा बेष्ट प्लेयर, बेष्ट किपर, बेष्ट डिफेन्डर र हाइस्काेरर लगायत खेलकाे उत्कृष्ट तर्फका खेलाडीहरूलाई मायाको चिनाे र प्रमाणपत्र प्रदान गरिएको थियोे । सो कार्यक्रमका सभापति समावेशी एकता युवा क्लबका अध्यक्ष सन्तराम चौधरी रहनु भएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहनु भएको थियो। विशिष्ठ अतिथिमा उप-प्रमुख द्राेपती राना, वडा नम्बर ३ का अध्यक्ष खेमराज चौधरी रहनु भएको थियो। अन्य अतिथिमा विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, लगायत बाक्लो उपस्थिति रहेको सो समापन कार्यक्रममा सहयोगी हातहरुलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो खुल्ला फुटबल प्रतियोगिता प्रत्येक वर्ष गरिने आयोजक ले जनाउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply