फेशबुकमार्फत आम नागरिकहरुलाई सूचना,दिने पहिलो कार्यालय जिल्ला प्रशासन कार्यालय,बैतडी

बैतडी-अहिले सबैभन्दा छिटो फेशबुकमार्फत आम नागरिकहरुलाई सूचना तथा जानकारी दिने पहिलो कार्यालय सायद जिल्ला प्रशासन कार्यालय, बैतडी होला ।जहाँ प्रशासनका हरेक सूचना र जानकारीहरु तत्काल अपडेट हुन्छन् । नागरिकहरुले राहादानी बने-नबनेको, नागरिकता सम्बन्धि जानकारी, विपदको जानकारी लगायतका अन्य थुप्रै सूचना तथा जानकारीहरु जिल्ला प्रशासनको प्रविधि शाखाले तत्काल अपडेट गरेको हुन्छ ।

सेवाग्राहीहरुलाई कुनै पनि बाहानामा सेवा लिन अप्ठेरो नहोस भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यस्तो संयन्त्र विकास गरेका हुन् । यतिमात्रै होइन् जिल्लाका महत्वपुर्ण जानकारीहरु समेत प्रशासनले आफ्नो फेशबुक अकाउन्टमा राख्ने गरेको छ । अबका दिनेमा प्रक्रियाले हुने कुनैपनि कामका लागि प्रमुख जिल्ला अधिकारीलाई भेट्नुपर्ने बाध्यता नभएको समेत प्रशासन कार्यालयले जनाएको छ । हरेक कर्मचारीहरुलाई सोहि वमोजिम निर्देशन भएकाले नागरिकको सहज हुने प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हरेक कामका लागि मलाई भेट्नु पर्दैन, प्रक्रियाले हुने सबै काम कर्मचारीहरुले गर्छन यदी यसो नभएमा मलाई सम्पर्क अथवा भेट्न सकिने छ

आफुहरुको एउटै चाहाना नागरिकको काम छिटो-छरितो र भरपर्दो गर्नु भएकाले यसलाई अझै व्यवस्थित बनाउने उहाँको भनाई छ । मंगलबार प्रशासनले सूचना प्रविधि सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ । उक्त कक्षबाट पहिलो दिन १४ जनाले सेवा लिएका छन् ।

प्रविधिमा पहुँच नपुग्ने सेवाग्राहीलाई समेत लक्षित गर्दै उनिहरुको सहजताका लागि सूचना प्रविधि सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राहादानी र राष्ट्रिय परिचय पत्र प्रदानका लागि उक्त कक्षबाट सहायता प्रदान गरिने जनाइएको छ ।

प्रशासन कार्यालयमा अब टाइमकार्ड समेत लागु हुने भएको छ । सेवाग्राहीको उच्च चाप, न्युन जनसक्ती, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीहरुको बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त सेवा हाललाई पूर्ण कागजात सहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन प्रतिबद्धता समेत प्रशासनले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply