पुनर्वास मा मनाईयो बृहत माघि मिलन कार्यक्रम

धनबहादुर बिक
पुनर्वास थारू पहिरन थारूनके पहिचान खोजिकर्ता हमार अभियान मुल नारा सहित माघि मिलन कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ ।
थारू सम्वत २६४७ समेत रहेको माघि मिलन कार्यक्रम को जानकारी दिंदै पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित श्री अलङ्कार आधारभुत बिद्यालय को प्राङ्गणमा उक्त माघि मिलन कार्यक्रम को आयोजना गरिएको थियो ।
वडा अध्यक्ष सुखदेव राना को सभापतित्वमा भएको कार्यक्रम मा नेपाल सरकार का पुर्व खानेपानी मन्त्री बिना मगर प्रमुख अतिथि रहनुभएको थियो भने बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा , उप प्रमुख भुलिया कुमारी राना रहनुभएको थियो ।
माघिको शुभकामना दिंदै पुर्व खानेपानी मन्त्री एबं नेकपा माओवादी नेतृ बिना मगरले संस्कृति जोगाउन थारू समुदाय ले आयोजना गरेको कार्यक्रम ले थारू समुदायको संस्कृति र परम्परा लाई जोगाउन टेवा पुगेको बताउनुभयो ।
नयाँ बर्ष र नयाँ जिवनको सुरुवात को रूपमा यो माघि पर्वले महत्त्वपूर्ण सन्देश दिनेगर्छ र माघि मिलन कार्यक्रम ले कला संस्कृति लाई अझ सशक्त रूपमा कायम राख्दै सामाजिक सदभावलाई बलियो बनाउने गर्छ पुर्व मन्त्री मगरले जोड दिनुभयो ।
कार्यक्रममा नगरप्रमुख तोया प्रसाद शर्माले थारू समुदायको महत्त्वपूर्ण बार्षिक चाड माघि मिलन कार्यक्रम ले एकआपसमा खुसियाली , उमङ्ग छाउने तथा एकआपसमा सद्भाव भाईचाराको भावनात्मक सम्बन्ध लाई बलियो बनाउने पर्वको रूपमा लिएको बताउनुभयो
सो अवसरमा नगर उप प्रमुख भुलिया कुमारी रानालेमाघि मिलन कार्यक्रममा शुभकामना व्यक्त गर्दै
पुनर्वास नगरपालिका विभिन्न जातजाति बसोबास गर्ने क्षेत्रको रूपमा पहिचान बोकेको नगरपालिका हो ।
बर्षैभरी विभिन्न जातजाति ले फरकफरक संस्कारमा पर्व मनाउने गरिन्छ र यसै कारणले सिङ्गो पुनर्वासको पहिचान हुनसकेको छ ।
संस्कृति मनाउन पनि आवस्यक नै छ त्यसको साथसाथै थारू समुदायका बालबालिकालाई शिक्षा मा पनि जोड दिनुपर्छ उप प्रमुख रानाले जोड दिनुभयो ।
सो अवसरमा राना तथा चौधरी पोषाकमा सज्जियका युवायुवती ले थारू संस्कृति झल्काउने खालको नृत्य प्रस्तुत गरेका थिए भने अतिथि हरूलाई स्वागतमा थारू संस्कृति का पकवान हरू समेत पेश गरिएको थियोे ।
कार्यक्रममा पुनर्वास नगरपालिका का विभिन्न वडाका अध्यक्ष हरू , विभिन्न वडाका भलमनसाह , शिक्षक बिध्यार्थि , समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम को सञ्चालन वडा सचिव कृष्णप्रसाद बडुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply