भक्त राज चौधरी ( भाेकरे ) झुन्डिएको अवस्थामा मृत फेला

पुष २९
सरस्वती सुनार
कञ्चनपुर :- कृष्णपुर नगरपालिका राजघाट ९ स्थित वनदेवी सामुदायिक वन टुप्पा ताल नजिकै रहेको जङ्गलमा १४ दिनदेखि बेपत्ता भएका चौधरी झुन्डिएको अवस्थामा भेटिएका छन् । कृष्णपुर नगरपालिका ९ राजघाट बस्ने ५३ वर्षीय भक्त लाल चौधरी ( भाेकरे ) रुइनाकाे रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घाँस काट्न गएका स्थानीय महिलाले चौधरीलाई झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सव परीक्षणका लागि कैलाली सेती प्रादेशिक अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ । मृतक युवकको पहिलादेखि नै मानसिक सन्तुलन ठीक नरहेको भन्दै आफैँ रूखमा झुन्डिएको हुन सकिने बताइएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको जिल्ला कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए । मानसिक रोगी चौधरी पुष १६ गते विहान ७ बजेदेखि घरबाट बेपत्ता भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply