पुनर्वास नगरपालिकाको आर्थिक, सामाजिक र सँस्कृति र पर्यटन विकासमा सहयोग पुर्याई पुनर्वास नगरपालिकालाई मिडियामैत्री बनाउन पत्रकारिता क्षेत्रबाट पुर्याईएको योगदानको कदर गर्दै वरिष्ठ सञ्चारकर्मी धनबहादुर बिकलाई सम्मान गरेको छ ।
रैकवार खबर राष्ट्रिय दैनिक पत्रिकको कार्यकारी सम्पादकको जिम्मेवारी मा रहेका पत्रकार धनबहादुर बिक पुनर्वास क्षेत्रको विविध विषयमा कलम चलाउँदै आएका छन । पुनर्वास नगरपालिकाको बार्हौ नगरसभामा नगरप्रमुख तोयाप्रसाद शर्माले सम्मान गर्दै प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
पुनर्वास नगरपालिकाको नगरसभामा नगरप्रमुख तोयाप्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी रानाले सञ्चारकर्मी धनबहादुर बिकले सञ्चार क्षेत्रबाट पुर्याएको योगदानको चर्चा गर्दै सम्मान गर्नु भएको थियो
सम्मान ग्रहण गर्दै आफुले पाएको सम्मानले थप उर्जा र प्रेरणा मिलेको सञ्चारकर्मी बिकले बताएका छन ।
सञ्चारकर्मी धनबहादुर बिक कञ्चनपुर जिल्लाको दक्षिणभेगबाट लामो समय देखि पत्रकारितामा सक्रिय रहँदै आएका छन ।
बिक संगै पुनर्वास क्षेत्र बाट क्रियाशिल अन्य पत्रकार हरू जुद्ध चौधरी , केशव भट्टराई , बिरबहादुर सिंह र लाल एस के लगायत ६ जना पत्रकार लाई नगर सभाले सम्मान गरेको छ यद्यपि पत्रका दिपेन्द्र बस्नेतले भने उक्त सम्मान प्रति असहमति जनाउँदै आफुले पाएको सम्मान अस्विकार गरेका छन ।
पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्रका रुपमा सम्मानलाई लिएको भन्दै कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेतले सम्मानलाई अस्विकार गरेको बताएका छन् ।
पत्रकारलाई प्रभावमा राख्न बेला बखतमा गरिने सम्मान ग्रहण गर्नु पत्रकार आचारसंहितामा बिपरित भएकाले पनि पुनर्वास नगरपालिका मलाई गरेको सम्मान बहिस्कार गरेको घोषणा गर्दछु पत्रकार दिपेन्द्र बस्नेतले भनेका छन ।
