बालुवाफाँटा ‘माघ विशेष सांस्कृतिक कार्यक्रम’ सम्पन्न

२ माघ, बलुवाफाँटा,´´थारुनके संस्कृति मैगर पहिचान सांस्कति बचैना हमार अभियान’ भन्ने नाराका साथ साेमबार कृष्णपुर ५ गुलरिया स्थित श्री प्रगतिशील सामुदायिक वन उपभोक्ता समुहकाे प्राङ्गणमा माघी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हुनु अघि थारुहरुको मौलिक पहिचान झल्किने, भेषभूषा सहितको । नाचगान कार्यक्रम गरिएको थियो । न्यु साहारा युवा क्लब / तेम्ह्नीक फुला कृषक समुह वडा नम्बर ६ बलुवाफाँटाकाे आयोजनामा भएको कार्यक्रमका सभा अध्यक्ष जगनसिंह चौधरी रहेकोे कार्यक्रममा मुख्य प्रायोजक निमेष अस्पताल प्रा. लि. कृष्णपुर ५ गुलरिया,प्रायोजक प्रिन्स फाेटाे भिडियोग्राफी कृष्णपुर ५ गुलरिया, सह – प्रायोजक राजेश एग्राेभेट सेन्टर कृष्णपुर ६ बलुवाफाँटा कञ्चनपुरको रहेकोे कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर २ क समानुपातिक प्रदेश सभा सदस्य माननीय गिता चौधरी, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवीलाल चौधरी, केन्द्रीय सदस्य गाेविन्द बिक, कृष्णपुर नगरपालिका ६ वडा सदस्य बाबुराम चौधरी,नेकपा माओवादी केन्द्र कृष्णपुर नगर कमिटी संयोजक जाेगराम चौधरी, कृष्णपुर ६ का वडा सदस्य चक्र रैकाल लगायत अन्य अतिथि सहयोगी रहेकोे कार्यक्रममा थारु संस्कृतिको पहिचान महत्वपुर्ण भएकोले यसलाई सरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply