कृष्णपुर नगरपालिका वडा नं ९ सानाेगाउँको आयोजनामा साेमबार माघ मिलन कार्यक्रम सम्पन्न

सरस्वती सुनार
२ माघ, कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नं ९ सानाेगाउँको आयोजनामा साेमबार माघ मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको सबैभन्दा ठुलो पर्व माघ मिलन कार्यक्रमको आयोजना सानाेगाउँ स्थित भलमान्साकाे आफ्नै निवासमा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय गिता चौधरीले थारुहरुको माघ पर्वले सांस्कृतिक, सामाजिक पहिचान बोकेको पर्व भएकोले यस पर्वलाई सद्भावको रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले माघमा थारु समुदायले लोकतान्त्रिक पद्धतीबाट महटावाँ, बड्घर, भलमन्सा चुन्ने, वर्षदिन भए गरेका कृयाकलापहरुको समिक्षा गर्ने र आगामी वर्षका लागि नयाँ योजना बनाउने हुदाँ यो पर्व विशेष रहेको धारणा व्यक्त गर्नुभयो । परापुर्वकाल देखि मनाउँदै आईरहेको यस पर्व पछिल्लो अवस्थामा रुपान्तरण हुदै गएपनि राज्यस्तरबाट संरक्षण गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । माननीय चौधरीले आफ्नोतर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता गरेकी छन् । राज्यस्तरबाट महटाँवा प्रथालाई कानुनी रुपमा मान्यता दिदै माघ पर्वलाई राष्ट्रियकरण गर्न सुदूरपश्चिम प्रदेशकाे ध्यानाकर्षण गर्ने उहाँले विचार व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्ने बत्ताहरुले थारुहरुको सांस्कृतिक पहिचानका लागि राज्यले विशेष योजनाहरु ल्याउनुपर्नेमा जोड दिएका थिए । सामाजिक, सांस्कृतिक रुपान्तरण संगैं पछिल्लो अवस्थामा थारु समुदायको पर्वलाई विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस अवसरमा कृष्णपुर नगरपालिकाका विभिन्न गाउँ टोलबाट उपस्थित भएका थारु महिलाहरुले थारु भेषभुषा सहति मघौटा नाच लठ्ठी नाच लगायत विभिन्न प्रस्तुत गरेका थिए । कृष्णपुर नगरपालिका वडा नं ९ सानाेगाउँका भलमान्सा शिवराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य गिता चौधरी, विशिष्ट अतिथि कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्राेपती राना, कञ्चनपुर जिल्ला समन्वय समितिका सदस्य जय सिंह विष्ट, कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर, वडा सदस्य कालिका चौधरी, वडा सदस्य सलिता बिक,वडा सदस्य माेली राना,वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी,जानकी सामुदायिक वनका अध्यक्ष चन्द प्रकाश भट्ट, समाजसेवी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सीता सामुदायिक वनका पुर्व काेषाअध्यक्ष मन्जु चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लालबहादुर चौधरीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply