३ महिने आधारभूत कम्प्युटर तालिम समापन संगै माघिमिलन कार्यक्रम सम्पन्न : गित मार्फत विकास को माग

धनगढी :- बृहत माघिमिलन कार्यक्रममा थारू समुदाय ले आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनुपर्ने बिषयमा जोड दिएका छन । कृष्णपुर नगरपालिका वडा नम्बर ९ तथा बनदेवी सामुदायिक बन तथा कृष्णपुर काे संयुक्त आयोजनामा मंगलबार बृहत माघि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
वनदेवी सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा मा मनाइएको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख हेमराज ओोझा उप प्रमुख द्रौपति राना को उपस्थिति को मौका मा स्थानीयले मौलिक गित मार्फत आफ्नो टोल विकास को माग गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै नगर प्रमुख ओझाले तल्लो राजघाट देखि पिपरिया जोडने सडकको लागि डिपिआर कार्य सुरु भईसकेको जानकारी गराउदै उक्त सडकमा पर्ने पुलपुलेसाको काम पनि छिटोभन्दा छिटो निर्माण गरिने बताउनुभयो ।

थारू समुदायको सांस्कृतिक विकासका लागि वडाले माघि मिलन कार्यक्रमको आयोजना गरेको हाे।
माघि मिलन कार्यक्रम संगै तीन महिने आधारभुत कम्यूटर तालिम समापन कार्यक्रम समेत गरिएको थियो उक्त अवसरमा नगर प्रमुख ओझाले भने नगरपालिकाले आयोजना गरेको तालिमले बेरोजगार युवाहरूलाई रोजगार को वातावरण सृजना गर्ने र छिटै नै नगरपालिकाले तालिम लिने युवायुवती हरूको परिक्षा गरि नगरपालिका बाट केही रोजगारीका लागि सुचना प्रकाशित गरिने जानकारी दिनुभयो ।
तीन महिने कम्प्युटर तालिममा सहभागी १५ जनालाई नगर प्रमुख ओझाले प्रमाणपत्र प्रदान गरेका थिए ।
थारू समुदायको सांस्कृतिक विकासका लागि वडाले गरेको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख ओझाले नगरपालिका को तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा वडा अध्यक्ष कैलास बलायरले कृष्णपुरमा रहेका चारवटा सामुदायिक बन र नगरपालिका बिच तालमेल मिल्न सके कृष्णपुर नगरपालिका मा आवस्यक विकास गर्न सकिने धारणा राख्नुभएको थियो ।
वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा मनाइएको माघि मिलन कार्यक्रम मा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि मा कृष्णपुर नगरपालिका उप मेयर द्रौपति राना वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर, सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह , वडा सदस्य कालिका चौधरी, वडा सदस्य सदस्य सलिता बिक, सि एफ सिसि कञ्चनपुरका जिल्ला सहसचिव पुनाराम चौधरी लगायत रहेका थिए भने अतिथिमा जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, नमुना सामुदायिक वनका अध्यक्ष रामदास चौधरी, गौरादेवी सामुदायिक वनका अध्यक्ष राजेश महरा, समाजसेवी लालबहादुर चौधरी, लाेकराज ओझा समाजसेवी, बुद्धिजीवी, शिक्षक लगायतको उपस्थिति रहेकोे थियोे । उक्त कार्यक्रममा मघौटा नृत्य प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply