कृष्णपुर ३ देखतभुलीमा भलमन्सा गंगाराम चौधरी चयन

कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा नम्बर -३ देखतभुली गाउँको भलमन्सामा गंगाराम चौधरी चयन भएका छन् । मंगलबार भएको सो भेलाबाट चौधरीलाई भलमन्सा चयन गरिएको हो। त्यस्तै,काेषाअध्यक्ष बिन्ती राम चौधरी सचिवमा सन्त राम चौधरी चयन भएका छन् । थारू समुदायमा माघी पर्वलाई नयाँ आर्थिक वर्षका रुपमा लिइन्छ। यसै अवसरमा परिवारभित्र जिम्मेवारी हेरफेर तथा गाउँको अगुवा चयन गर्ने चलन छ। पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि गाउँटोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको थारू अगुवा बताउँछन्। गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुली बत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता भलमन्सा ले गर्ने गर्दछन् । थारू समुदायको परम्परागत चलन संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण जस्ता कामलाई बचाइराख्न बडघरको ठूलो भूमिका हुने गरेको बडघर भलमन्सा गंगाराम चौधरीले बताए । भलमन्सा गाउँको नेतृत्व गर्ने व्यक्ति हुन् । भलमन्साले गाउँमा विकास निर्माणको कार्यदेखि लिएर भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सामान्य झैझगडा, विवाद मिलाउने जस्ता काम गर्ने गर्दछन् ।बडघरको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि कविला युगदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ।कार्यक्रमको सभा पुर्व भलमन्सा रहेकाे कार्यक्रमा प्रमुख अतिथि कृष्णपुर नगरपालिका ३ का वडा अध्यक्ष खेमराज चौधरी, समाजसेवी दिपक खत्री.रहेकाे थियोे नवनिर्मित भलमान्सा गंगाराम चौधरीले गाउँ समाजबाट पाउने वार्षिक तिहाइ लगायतका कुनै किसिमका सेवा सुबिधा नलिने प्रतिबद्धता जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply