धनबहादुर बिक
पुनर्वास
श्री जनजागरण सामुदायिक वन उपभोक्ता समुह पुनर्वासको नयाँ पदाधिकारी लाई एक कार्यक्रम को आयोजना गरि सपथ ग्रहण कार्यक्रम गरिएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ७, ८, र ९ मा रहेको श्री जनजागरण सामुदायिक बन उपभोक्ता समुहको हालै गठित नयाँ कार्य समितिलाई सपथ ग्रहण कार्यक्रम गरिएको हो ।
संस्था को गत असोज ३ गते सम्पन्न २३ अौ बार्षिक साधारणसभा पश्च्यात समितिको अवधि समाप्त भएको र ०७९ माघ १ गते समिति का पुर्व सदस्य लोकबहादुर कार्किको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको थियो ।
नव गठित समितिको उपाध्यक्ष मा शान्ति कुमारी तामाङ सचिव लाल प्रसाद घिमिरे सह सचिव – हरी बहादुर वि.क कोषाध्यक्ष मणिनाथ बोगटीतथा सदस्य हरूमा शेर बहादुर तामाङ , राम बहादुर राना सुरेश सिंह ठकुरी , नर सिंह ओली , मनिराज खाती , भीम बहादुर सुनार, चन्द्र बहादुर बुढा , प्रेम प्रसाद जैसी, पार्वती बुढा, जय बहादुर कटुवाल , श्याम परियार’, दयाराम राना , गिता शर्मा जैसी , स्मृति तिमिल्सेना र कृष्णमाया बिस्वकर्मा रहेका छन ।
केहिदिनयता जनजागरण बन संरक्षणमा ढिलासुस्ती भएको र आर्थिक अनियमितता को चर्चा बाहिरिएको खबर ले जनजागरण बन निकै चर्चामा आएको र कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले वन संरक्षण का लागि नयाँ समिति को कांधमा थप जिम्मेवारी थपिएको कुरामा जोड दिएका थिए ।
जनजागरण सामुदायिक बन समुह ले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले आफ्नो भनाइ राख्दै बन संरक्षण मा सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए । वन हामी सबैको हो वनलाई जोगाउने जिम्मेवारी पनि हामी सबैको हुनुपर्छ नगर प्रमुख शर्माले जोड दिए । उपभोक्ता लाई थप सेवा दिन र वन संरक्षण का लागि नगरपालिका ले जनजागरण सामुदायिक वन संग समन्वय गरि कार्ययोजना बनाउन पहल गर्ने पनि नगर प्रमुख शर्माले बताए ।
कार्यक्रममा पुनर्वास नगर उप प्रमुख भुलीया कुमारी रानाले वन जोगाउन सबैभन्दा पहिलो बाटो वनको बिधान मा भर पर्ने बताईन । वनको बिधान र कार्ययोजना मा टेकेर अघि बढ्न सकेमा वन संरक्षणमा सहज हुन सक्ने उप प्रमुख रानाले सुझाव पुर्ण मन्तव्य व्यक्त गरिन ।
नयाँ कार्य समितिलाई बधाई दिंदै डिभिजन वन कार्यालय कुण्डा बन अधिकृत दिनेश कुमार यादवले वन जस्तो संस्था सञ्चालन गर्न र वन जोगाउने बिषय त्यति सजिलो बिषय होइन काम गर्ने क्रममा सानोतिनो कमिकमजोरी अवस्य हुनेगर्छ तर गलति भयो भन्दैमा खेदो खन्ने प्रवृत्ति राम्रो होइन यादवले भने । गलत भयो भने सुझाव दिनुपर्ने र राम्रो कामको मुल्यांकन गरिनुपर्ने कुरामा वन अधिकृत यदवले जोड दिए । सपथ ग्रहण गर्दै नयाँ कार्यसमिति का तर्फबाटअध्यक्ष लोकबहादुर कार्कीले १० बुंदे प्रतिबद्धता पत्र वाचन गरेका थिए ।
नयाँ समिति लाई निर्वाचन अधिकृत कृष्णबहादुर खत्रीलेसपथ ग्रहण गराएका थिए ।
नव निर्वाचित अध्यक्ष लोकबहादुर कार्की को सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगर प्रमुख
तोया प्रसाद शर्मा प्रमुख अतिथि रहेका थपए भने , बिशिस्ट अतिथिमा नगर उप प्रमुख भुलीया कुमारी राना
बन अधिकृत दिनेश कुमार यादव , निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङ , पुर्व सचिव भरतबहादुर बिष्ट लगायत रहेका थिए ।
कार्यक्रम को सञ्चालन निवर्तमान वन सचिव अमरजन सावंद ले गरेका थिए ।
