बबिता भट्ट कृष्णपुर :- बालबालिकाको अवस्था विश्लेषण सम्वन्धी अध्ययन मस्यौदा प्रस्तुती कार्यक्रम शुक्रबार कृष्णपुर नगरपालिकाले प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । महिला तथा बालबालिका शाखा, कृष्णपुर नगरपालिका कञ्चनपुर को आयोजना मा नगर प्रमुख हेमराज ओझाको सभाअध्यक्ष मा भएको थियोे । कार्यक्रममा ९ ओटै वडाका अध्यक्ष , कार्यपालिका सदस्य , प्रमसख प्रसाशकिय अधिकृत , महिला बालबालिका शाखा प्रमुख , नगरपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम को उदेश्य माथि सहजिकरण
रामहरि ओोझाले गरेका थिए
एन एन एस डब्लु ए कञ्चनपुर , वर्लभिजन संस्थाले सहकार्य गरेको कार्यक्रम मा स्वागत महिला बालबालिका शाखा कृष्णपुर कि प्रमुख माला गौतम ले गरेकि थिईन भने कार्यक्रम को सञ्चालन चन्द्रकला तिमिल्सिना ले गरेकि थिईन । बालबालिकाहरु गर्भै देखि भेदभावको शिकार हुने भएकोले यसबाट संरक्षण गरिनु पर्दछ । उनीहरुलाई दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, यातनाबाट संरक्षण गरिनु पर्दछ । यौनशोषण, श्रमशोषण लगायत सबै खाले शोषणबाट संरक्षण गरिनु पर्दछ । बेच बिखन, ओसारपसारबाट संरक्षण, हानीकारक काम तथा, लागू पदार्थ, नसालुपदार्थबाट संरक्षण र कानूनी संरक्षण गरिनु पर्दछ । विषेश कार्यक्रम को उदेश्य माथि प्रकाश तथा सहजिकरण रामहरि ओोझाले गरेका थिए एन एन एस डब्लु ए कञ्चनपुर , वर्लभिजन संस्थाले सहकार्य गरेको कार्यक्रम मा स्वागत महिला बालबालिका शाखा कृष्णपुर कि प्रमुख माला गौतम ले गरेकि थिईन भने कार्यक्रम को सञ्चालन चन्द्रकला तिमिल्सिना ले गरेकि थिईन । स्वच्छ वातावरणमा औपचारिक वा अनौपचारिक असल शिक्षा आय आर्जन गर्न पाउने बालबालिकाको अधिकार हो । खेल, मनोरन्जन र आराम, उचित स्वास्थोपचार, शारिरीक, मानसिक, नैतिक र सामाजिक विकासका निमित्त आवश्यक पर्ने सुविधा र अवसरहरु बालबालिकाहरुले पाउनु पर्दछ । माया, ममता र हुर्काउने कार्यमा आमा बाबु दुवैको संयुक्त दायित्व रहनु पर्दछ । बालबालिकालाई उचित मार्गदर्शन र राम्रो वातावरणमा हुर्कर्ने वातावरण सबैले मिलाउनु पर्दछ ।
सहभागिताको अधिकार बालबालिकाको महत्वपूर्ण अधिकार हो । जीवनमा प्रभाव पार्ने निर्णयहरुमा आफ्नो कुरा भन्ने र सोको कदर सबैले गर्नु पर्दछ । रचनात्मक कार्य, सामाजिक र सांस्कृतिक गतिविधिमा सहभागी हुने, आस्था अनुसारको धर्ममा संलग्नता, कुनै कुराको जानकारी राख्ने र अभिव्यक्त गर्ने, संघसंस्था खोल्ने तथा सहभागी हुने अधिकार बालअधिकार अन्तरगत पर्दछ । त्यसैले बालबालिकाको विचार र भावनाको सम्मान सबैले गर्नु पर्दछ भन्ने ब्यवस्था बालअधिकार महासन्धिले गरेको छ ।
