वातावरण तथा कृषि नीति अनुसन्धानको तिन दिने कार्यक्रम सम्पन्न

धनगढी । वातावरण तथा कृषि नीति अनुसन्धान,प्रसार एवं विकास केन्द्र सिप्रेड द्वारा विभिन्न तहका सरोकारवालाहरुलाई कार्यक्षेत्रको तिन दिने अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । सिप्रेड कृषि क्षेत्रमा सन १९९१ देखि काम गर्दै आएको राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले स्वयं तथा विभिन्न दातृ निकायहरुको सहयोगमा ६८ जिल्लामा १०७ वटा भन्दा बढी परियोजानाहरु सफलता पुर्वक सम्पन्न गरीसकेको छ, भने ४ वटा परियोजनाहरु कार्यान्वयनमा रहेका छन। स्किल अप परियोजना देशमा रहेका सिमान्तकृत वेरोजगार युवाहरुको सीप विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले जर्मनी सरकारको संघीय आर्थिक तथा विकास मंत्रालय को आर्थिक सहयोगमा सञ्चालित परियोजना हो ।

एक अन्तराष्ट्रिय गैर सरकारी संस्था र सिप्रेडको सहकार्यमा यो कार्यक्रम कर्णाली प्रदेशको सुर्खेत र सल्यान तथा सुदूर पश्चिम प्रदेशको कंचनपुर जिल्लामा संचालित छ । सन २०१९ देखी २०२३ सम्म संचालनमा रहेको परियोजनाको मुख्य उद्धेश्य एकीकृत हरित अर्थव्यवस्थाको प्रवर्द्धनद्वारा यस क्षेत्रमा रहेका वेरोजगार युवाहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षा र प्रशिक्षणद्वारा उनिहरुको उद्यमशिलता विकास र रोजगारी सृजना गरी जिविकोपार्जनमा सुधार गर्नु रहेको छ ।

सुदुरपश्चिम प्रदेशमा यो सस्थाले कृष्णपुर नगरपालिकामा २ देखि ९ नं वडाहरु र शुक्लाफाँटा नगरपालिकाको २,३,४,५, र ८ वडाहरुमा स्किल अप परियोजना कार्यावन गर्दै आएको छ । परियोजनाको कार्यक्षेत्र अन्तरगत रहेका वेरोजगार युवा, महिला, दलित, जनजाति र गरीब तथा सिमान्तकृत जनसमुदायलाई लक्षित गरेर काम गरिरहेको एड्भोकेसि अफिसर शंकर देव अवस्थीले बताए । साथै कार्यक्रम संचालन भएका स्थानीय तहहरु संग समन्वय गरी विधिवतरुपमा दर्ता भएका कृषक समुहहरूमा कृषि सीप प्रसार विधि मार्फत व्यवसायिक कृषि सम्वन्धि तालिमहरु कृषक पाठशाला मार्फत संचालन हुदै आएको समेत जनाए ।

जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहराको आतिथ्यमा सम्पन्न जिल्ला स्तरको अनुगमन भ्रमणमा पालिका, जिल्ला र प्रदेस स्तरका सरोकारवाला निकायका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो । अन्तरपालिका अनुगमन भ्रमण कार्यक्रममा शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा ,उपप्रमुख कल्पना जोशी पन्त, कृष्णपुर् नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना र कार्यक्षेत्रका वडा अध्यक्षहरु लगायत पशु तथा कृषि शाखा प्रमुखहरुको समेत सहभागिता रहेको उक्त टिमको कार्यक्रम दुबै पालिकाका किसानहरुको तरकारी खेतीमा भ्रमण गर्नु साथै कृषकहरुसंग अन्तरक्रिया गर्दै सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply