आशिष् माल धनगढी । जिल्ला अदाल कंचनपुरले जिल्लाका विभिन्न स्थानीय तहको न्यायिक समितिका गतिविधिबारे अनुगमन गरेको छ ।
कंचनपुर जिल्लाको बेलडाडी गाउँपालिकाको न्यायीक समिती र समितिका गतिविधिका विषयमा कंचनपुर जिल्ला न्यायाधीश लगायत अधिकृतहरुले शुक्रबार अनुगमन गरेका थिए ।
अनुगमनका लागि गाउँपालिकाको कार्यपालिका पुगेका न्यायाधिशको टोलीलाई गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिती संयोजक शान्ति नाथले स्वागत गर्दैै गाउँपालिका न्यायिक समितिद्वारा गरिएका न्यायीक कार्य सम्पादनको बारेमा संक्षिप्त जानकारी दिएकी थिइन् ।
अनुगमनका क्रममा जिल्ला न्यायाधीशद्वारा न्यायीक समितिद्वारा सम्पादित न्यायीक निरुपणको प्रशंसा गरेका थिए । अनुगमनले न्यायिक समितिबाट गरिने कार्यका लागि थप उर्जा प्राप्त भएको गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिती संयोजक सान्ति नाथले बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
