नमूना युवा सांसद नगरसभा प्रशिक्षण अभ्यास बिषयक तिनदिने कार्यक्रम पुनर्वास मा सुरु

धनबहादुर बिक
पुनर्वास समृद्ध नेपाल निर्माणका लागि स्वस्थ , कर्मठ र उधमि युवा मुल नारा सहित नमूना युवा सांसद नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम शनिबार पुनर्वास मा सुरु भएको छ ।
जिल्ला युवा सशक्तिकरण समिति कञ्चनपुर ले आयोजना गरेको नमुना युवा सांसद नगरसभा अभ्यास कार्यक्रम क‍ो व्यवस्थापक पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालाय शिक्षा युवा तथा खेलकुद शाखा ले गरेको छ ।
कार्यक्रममा पुनर्वास नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत शिवराज भट्ट ले समग्र युवाहरूको उधमसिलता विकासको लागि तथा युवामा नेतृत्व क्षमता विकास का लागि एबं युवाको सशक्तीकरण विकासका लागि पुनर्वास नगरपालिका मा नमुना युवा सांसद अभ्यास कार्यक्रम को आयोजना गरिएको बताए । देशमा तिनवटा स्थानीय तह सरकार मध्ये स्थानीय तहमा सञ्चालन हुने विकासका कार्यक्रम , स्थानीय सरकार का काम कर्तव्य अधिकार क्षेत्र , नगरपालिका अन्तर्गत को सुशासन लगायत मा युवालाई सहभागी र परिचालन गरनका निमित्त नगरपालिका मा पुर्व गठित युवा समूह लाई सहभागीता गराई तालिमको आयोजना गरिएको निमित्त प्रमुख प्रसाशसकिय अधिकृत भट्ट ले बताए ।
सो अवसरमा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले युवाहरूको लागि अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम बाट सहभागी युवाले तालिमबाट सिकेका सिकाई बिषयहरू आफ्नो टोल तथा युवा समुहमा गई अरू युवाहरूलाई समेत सजग गराउनुपर्ने कुरामा जोड दिए । १६ देखि २४ उमेर समुह भनेको अत्यन्तै सम्वेदनशिल उमेर भएकोले युवाहरूले नकारात्मक र सकारात्मक पक्ष बुझेर समाज परिवर्तन लागि युवाहरू लाग्नुपर्ने नगर प्रमुख शर्माले बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका प्रमुख नरेशराज मल्लले युवाहरू समाज परिवर्तनको सम्वाहक भएको उदाहरण दिंदै युवाहरू घरपरिवार , समाज , देश तथा राष्ट्र विकासका लागि दरिलो खम्बा हुन तर अहिले धेरै युवाहरू लागू औषध , दुर्व्यशनि को कुलतको लतमा लिप्त हुँदै गएको बताए ।
बढ्दो मोबाइल दुरुपयोग ले अहिले ३० उमेर बर्षका ३० लाख युवाहरू साईबर क्राईम तथालागू औषध मा देखिन आएको ले अहिले विश्व मै चुनौती को रूपमा देखिएको प्रहरी प्रमुख मल्लले बताए । यद्यपि युवाहरू आफै लाग्ने हो भने यसको अनत्य नहुने होइन । मल्लले युवाहरूलाई पुस्तक अध्ययन तर्फ ध्यान दिन समेत आग्रह गरेका छन ।
कार्यक्रममा युवा परिषद कञ्चनपुर का अध्यक्ष दिपक विसी ले स्थानीय सरकार को ध्यानाकर्षण गराउदै नगरपालिका भित्र रहेका युवाहरूको हक अधिकार सुनिश्चित का लागि देशमा तिनवटा सरकार मध्ये पुनर्वास नगरपालिकाले पनि १६ देखि २४ उमेर वर्ष समुहका युवाहरूको शिक्षा रोजगार तथा युवाहरूको विभिन्न खेल प्रतिभा हरू खोजी गरि त्यसतर्फ युवाहरू लाई जोड्न सकियमा नगरपालिका मा स्थानीय विकास र समृद्धि मा थप टेवा पुग्न सक्ने युवा परिषद अध्यक्ष विसी ले जोड दिए ।
तीन दिन सम्म सञ्चालन हुने उक्त अभ्यास कार्यक्रम मा पुनर्वास नगरपालिका का ३६ जना युवाहरूको सहभागी रहेको थियोे भने राष्ट्रिय युवा परिषद प्रशिक्षक केशव खड्का , युवा परिषद कञ्चनपुर सदस्य द्वय उमेश बाबली र नरेन्द्र शाह सहजकर्ता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply