श्री सुनौलो महिला कृषि सहकारी को १० औं वार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक
पुनर्वास श्री सुनौलो महिला कृषि सहकारी संस्था लिमिटेड पुनर्वास ६ को १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
६४५ जना सेयर सदस्य रहेको सुनौलो महिला कृषि सहकारी को १० औं वार्षिक साधारणसभा मा संस्था कि अध्यक्ष दुर्गा नेपाल ले संस्थागत वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक पुर्णा कुमारी गुरूङले आर्थिक वर्ष ०७८/०७९ को १ करोड ५२ लाख ५९ हजार ५३८ रूपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बचत तथा ऋण कारोबार मा मात्रै सिमित नभई महिलाहरूलाई आयआर्जन तर्फ जोडनु पर्ने आवस्यकता रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख तोया प्रसाद शर्माले १० औं वार्षिक साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै
जुन संस्था मा महिला हरूको सहभागिता हुन्छ त्यो संस्था प्रगतिशील तर्फ उन्मुख हुने बिषयमा जोड दिनुभयो । आर्थिक कारोबारमा पनि तुलनात्मक रूपमा पुरूष ले भन्दा महिला द्वारा सञ्चालित सहकारी हरू ले प्रगति गर्दै आएको नगर प्रमुख शर्माले बताए ।
शुभकामना व्यक्त गर्दै वडा अध्यक्ष मित्र सिंह लामाले १०० प्रतिशत महिलाहरूको सहकार्य मा सञ्चालित संस्थाले बचत तथा ऋण कारोबार मात्रै नभई समाजमा विकृति विसंगति लाई न्युनिकरण का लागि पनि महिलाहरूले अग्रसरता देखाउनुपर्ने बताए , किनकि आफ्ना सन्तान लाई सहि मार्गमा अघि बढाउन आामा दिदिबहिनी हरूको महत्त्वपूर्ण भुमिका हुनेगर्छ अध्यक्ष लामा ले आफ्नो भनाइमा व्यक्त गरे ।
पुनर्वास का वरिष्ठ सहकारी कर्मि पदम प्रसाद शर्माले सहकारी सञ्चालन बारे विधि र पद्धतिका बिषयमा आफ्नो भनाइ व्यक्त गरेका थिए । शर्माले एक व्यक्ति एक सहकारी सिद्धान्त लागू हुनुपर्ने धारणा व्यक्त गरे , एउटै व्यक्ति धेरै सहकारी मा आबद्ध हुंदा सहकारी संगै सेयर सदस्य आफैपनि धरासायी हुने खतरा देखिएको बताए ।
संस्था कि अध्यक्ष दुर्गा नेपाल को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा रहेका थिए भने बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामा रहृका थिए , अतिथिमा वडा सदस्य बिष्णुमाया कोईराला , वडा सदस्य भावना स्वर्णकार , हिमचुली सगरमाथा सहकारी अध्यक्ष सोमराज बराल , संस्था का सल्लाहकार सदस्य रामचन्द्र नेपाल , शुभेच्छा पशुपालन सहकारी अध्यक्ष पदम प्रसाद शर्मा लगायत रहेका थिए ।
संस्था कि उपाध्यक्ष गौरीदेवी भट्टराई को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन संस्था कि सञ्चालक सचिव सकुन्तला कोटाले क्षेत्रीले गरेकि थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply