ई प्र का द्वारा अवैध माछा नियन्त्रणमा लिई नष्ट

धनबहादुर बिक
पुनर्वास ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति द्वारा भारतबाट अवैधरूपमा भित्रिएका माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
आईतवार ई प्र का त्रिभुवनबस्तीको गस्तिटोलीले पुनर्वास नगरपालिका ९ बिचफाँटाबाट ३० केजी अवैध माछा वेबारिसे अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक नरेशराज मल्लले जानकारी दिनुभयो । आईतवार अन्दाजी २ बजे वेवारिसे अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।
नियन्त्रणमा लिएको ३० केजी अवैध माछा स्थानीय जनप्रतिनिधि , पत्रकारको रोहवरमा मुचुल्का उठाइ खाल्डो मा पुरी नष्ट गरिएको छ ।
केहिदिनयता नेपाल भारत सिमा अनुगमन लाई तिब्रता बढाउदै आएको ई प्र का त्रिभुवनबस्तिले वोईलर कुखुरा , भारतबाट भित्रिने सुर्तीजन्य पदार्थ , कस्मेटिक लगायत करिब ६० हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply