कृष्णपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु

कृष्णपुर नगरपालिका स्थित नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ४ गुलरिया स्थित कृष्ण माद्यामिक विद्यालयमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको हो । बुधवारदेखि सञ्चालन भएको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुने छ । नगर प्रमुख हेमराज ओझाको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशाका प्रदेश प्रमुख सभामुख देवराज जाेशीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जाेशीले कृष्णपुर नगरपालिकाकाे आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ‘खेल मानव जीवनका लागि अनिवार्य कुरा हो । चाहेँ स्वास्थ्यलाई होस चाहेँ व्यवसायीक रूपमा यसलाई अघि बढाउनका निम्ति खेलकुदको निकै महत्त्व छ,’ उनले भने,‘ यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार हुनुपर्नेमा सबैको ध्यानाकर्षण गराए । यस्तै उनले यस क्षेत्रको विकासका निम्ति र खेलकुदको विकासका लागि आफ्नो तर्फबाट र प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए साथै। ‘राष्ट्रपति रनिङ्गशिल्ड नगरपालिकाको लागि पहिलो जग रहेको बताए । यस्ता खेलहरूले महत्त्वपूर्ण भूमिकाहरू खेल्दछन्,’ उनले भने,
सुदूरपश्चिमले राष्ट्रिय स्तरका खेलाडी समेत जन्माइसकेकोले अझै राष्ट्रिय स्तरमा यहाँका खेलाडी पुग्नेमा आफू विश्वस्त रहेको उनीहरूको भनाई छ । खेलकुदका लागि चाहिने खेलकुद मैदानको अभाव रहेकाले तीन तहको सरकारसँग छलफल गरी खेलमैदान निमार्णका लागि प्रदेश सरकारको तर्फबाट र आफूहरूको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै नगरको समय पहिचान हुने बताए । उनले यस प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न समेत अनुरोध गरे । आजबाट सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ २७ गते सम्म सञ्चालन हुने जानकारी गराए । सो प्रतियोगितामा नगरका २३ वटा विद्यालयको सहभागिता रहेको छ । उनले सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै आकर्षण पुन:स्थापित गर्न शिक्षामा जाेडदिने बताए । निजी शैक्षिक संस्थाहरुले विद्यालयहरुलाई हेरविचार गर्ने गरेको बताउँदै उनले भने,‘सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको रेखदेख गर्न आवश्यक रहेकोले नगरपालिकाकाे तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । खेल क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । खेलकुदको क्षेत्रमार्फत देशलाई चिनाउन सकिने उनको भनाई थियो । जीवनको अभिन्न अङ्गको रुपमा खेल क्षेत्र रहेको चर्चा गर्दै खेलकुदकै माध्यमबाट समाज,राष्ट्रलाई परिचित गराउन सकिने बताए। प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स र मार्सल आट्स खेल हुनेछन् भने पदकका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् । नगर स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले अन्य अवसर पाउनेछन्। कार्यक्रमा विशिष्ट अतिथिमा संविधान सभा सदस्य कमल क्षेत्री,प्रदेश सभा सदस्य गीता चौधरी,निवर्तमान प्रदेश सभा सदस्य,देवराज पाठक,जिल्ला समन्वय समिति कंचनपुरका संयोजक दुर्गा बोहरा,जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का नेकपा एमालेका प्रदेश सदस्य बचन सिंह, भुतपुर्व नगर प्रमुख कर्ण बहादुर हमाल लगायत रहेकाे कार्यक्रममा । अतिथिमा कृष्णपुर नगर उपप्रमुख द्रोपती राना,नौ वटै वडाका वडाध्यक्षहरु,शिक्षा अधिकृत विष्णुदत्त भट्ट,राष्ट्रिय भुमी आयोग कंचनपुरका सदस्य दिल देउवा विभिन्न विद्यालय,क्याम्पसका प्राचार्य / वडा वडाध्यक्ष,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे संयोजक विष्णु दत्त भट्ट ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सुचना अधिकारी प्रेम बाेगटीले गर्नुभएको थियो । वडाका वडाध्यक्ष,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply