पुनर्वासमा कालिका मन्दिर समितिद्वारा महायज्ञको आयव्यव सार्वजनिक

धनबहादुर बिक पुनर्वास नगरपालिका–६ स्थित कालिका मन्दिर समितिले आयोजना गरेको महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
मन्दिर समितिले माघ १६ देखि २२ गतेसम्म सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको मन्दिर प्राङ्गणमा एक कार्यक्रमका बिच आयव्यय सार्वजनिक गरेको हो ।
सो महायज्ञबाट कुल २५ लाख ९४ हजार २ सय ७२ रूपैया संकलन भएपनि सबै खर्च कटाएर १३ लाख ४७ हजार ४ सय ८७ रुपैयाँ बचत गर्न सफल भएको महायज्ञ मूलसमितिका महासचिवले आयव्यय सार्वजनिक गर्दै जानकारी दिए ।
सप्ताहमा कथा वाचक श्रद्धेय श्री गोविन्दशरण महाराज जी, उपवाचकमा पण्डित प्रमोद पौडेल त्यस्तै राष्ट्रिय भजन गायक देवेन्द्र उपाध्याय र राष्ट्रिय योग गुरु गोविन्द प्रसाद जी ले कथावाचन गरेका थिए ।
मन्दिर समितिका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथीमा निर्वतमान उपमेयर शारदा बिष्ट र पुनर्वास–६ का वडाध्यक्ष मित्रसिँह लामा रहेका थिए । त्यस्तै अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन थिए ।

समितिका सचिव रुपेश खरेलको स्वागत मन्तव्यसँगै आयोजना गरिएको कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply