प्रधानमन्त्री प्रचण्डद्वारा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गरे निरीक्षण

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा आएका प्रचण्ड विश्वविद्यालयको निरीक्षणपछि कञ्चनपुर लागेका छन् ।

महेन्द्रनगरमै खाना खाने र त्यसपछि सुख्खा बन्दरगाह, महाकाली पुल, महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् । त्यसलगत्तै कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने र आजै काठमाडौं फर्किने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply