धनबहादुर बिक
कञ्चनपुर,पुनर्वास ८ स्थित बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोह विच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको सभापतित्व र पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद सुवेदीले विद्यालयमा श्रव्यदृष्य सामाग्रीको व्यवस्था रहेको, विद्यार्थीलाई नि:शुल्क कोचिङ्ग क्लासको व्यवस्था गरीएको,खेलकुद सामाग्रीको पर्याप्त व्यवस्था गरिएको, नियमित स्टाफ बैठक साथै अभिभावकसंग नियमित भेटघाट र सहकार्यलाई निरन्तरता दिईएको जानकारी गराउनुभयो ।
सो अवसरमा विभिन्न व्यक्तिबाट प्राप्त अक्षयकोषबाट २१ जना भाईबैनीलाई छात्रवृत्ति बाँडिएको थियो । त्यसैगरी शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियोे ।
त्यसैगरी कार्यक्रममा अक्षयकोष दाताहरूलाई सम्मान गरिएको थियोे । सोही अवसरमा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा विजय खेलाडी भाईबैनीलाई सम्मान तथा नगद पुरस्कार पनि वितरण गरिएको थियोे ।
प्रधानाध्यापक डिल्ली प्रसाद सुवेदीले आर्थिक वर्ष ७८/७९ को कुल १ करोड ९२ लाख चार हजार २रूपैया बराबरको आयव्यय तथा माघ सम्मको वचत १२ लाख ५४ हजार १९९ रूपैया वचत गर्न सकिएको बताउनुभयो ।
प्रधानाध्यापक सुवेदीले विद्यालयमा दुई लाख अक्षयकोष जम्मा भएको, विद्यालयमा २२ थान सिसिटिभी ल्याएर हरेको कोठामा जडान गरीनुका साथै रंगरोगन गरिएको बताउनुभयो । विद्यालयको प्राङ्गणमा नया समरसियल जडान गरिनुका साथै पोडियमको निर्माण गरीएको बताउनुभयो । त्यसैगरी विद्यालयको चुनौतीको रुपमा पर्याप्त दरबन्दीको अभावमा निजिस्रोतबाट शिक्षक राख्नुपर्ने तर श्रोतको अभावमा निजिश्रोतका शिक्षकलाई न्यून तलबमा राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कार्यक्रममा पुनर्वास नगर प्रमुख तोया प्रसाद शर्माले
बिद्यालय ले गरेको प्रगति मा शुभकामना व्यक्त , बागिस्वरी मावि ले पुनर्वासको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ आगामि दिनहरूमा पनि थप प्रगति गर्दै जावस । बिद्यालय को सर्वाणगिक विकास गर्दै जावस शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नगर उप प्रमुख भुलिया कुमारी रानाले बिद्यालय मा बिध्यार्थिहरूलाई विकृति र विसंगति बाट टाढा राख्न शिक्षक अभिभावकको महत्त्वपूर्ण भुमिका रहने कुरामा जोड दिनुभयो । पछिल्लो समय बढ्दो उमेरका धेरै युवायुवती हरू विकृति तर्फ आकर्षित हुँदै गईरहेको ले आम अभिभावक तथा बिद्यालय का शिक्षक वर्ग ले बिशेष ध्यान दिनुपर्ने कुरामा नगर उप प्रमुख रानाले जोड दिनुभयो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमलाई शिक्षक बिरेन्द्रसिंह कार्कीले सञ्चालन गर्नुभएको थियोे ।
