बर्षा सुनार
कञ्चनपुर :- कृष्णपुर नगरपालिका वडा न ९ र पशुसेवा शाखा कृष्णपुकाे संयुक्त आयोजनामा नि:शुल्क एकदिने पशु स्वास्थ तथा बांझोपन निवारण शिबिर राजघाट को खेलमैदानमा २०७९/११/१३ गते संचालन भएको थियो। उक्त शिबिरमा मुख्यतया परजीवि विरुद्धको औषधि नि: शुल्क वितरणको साथै,गोबर परिक्षण, पशु स्वास्थ परिक्षण, पशु बन्ध्याकरण,पशु गर्भ परिक्षण, कृतिम गर्भाधान सेवा,पशुमा बांझोपनको परिक्षण, रेविज खोप लगाएतका सेवाहरु प्रदान गरिएको थियो। करिब २८६ घरधुरि कृषकले सो शिबिरबाट लाभ लिएका थिए। औषधी वितरण, खोप तथा गर्भ परीक्षण, प्राविधिक परामर्श, कृत्रिम गर्भाधान, बन्ध्याकरण र रेविज विरुद्ध खोप लगायतका सेवाहरु उपलब्ध रहेको थियो। शिविरमा ८४ गाँई, १२९ भैँसी, ४४६ बाख्रा, २८ बंगुर , २ कुखुराकाे स्वास्थ्य जाच गरिएको थियोे । वृहत रेविज भ्याक्सिनेसनमा ५४ ओटा कुकुरलाई निःशुल्क रेविज भ्याक्सिन तथा जुकाको औषधी उपलब्ध गराईएको जानकारी पशु सेवा शाखाका पशु चिकित्सक मानबहादुर केसीले जानकारी दिएका छन् । शिविरमा रोगी पशुहरुको उपचार गरिनुका साथै पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको भ्याक्सीनेशन वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको छ । पशुहरुमा लाग्ने घातक रोगहरुको उपचार र रोग लाग्न नदिन भ्याक्सीनेशन गर्ने उद्धेश्यका साथ शिविर संचालन गरिएको शिविरमा सहभागि कृष्णपुर नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गाेपाल सिंह बाेहराले बताए । शिविर सँचालन भएपछि पशुहरुमा लाग्ने घातक रोगहरुमा कमि आउने र पशु उत्पादन समेत बढ्ने बाेहराले बताएका छन् । त्यस्तै शिविरमा ठुला तथा साना पशुहरुमा लाग्ने विभिन्न किसीमका रोगहरुको उपचार गरिनुका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको छ । शनिबार सुरु भएको शिविरमा पशु स्वास्थ्य शाखा कृष्णपुरका पन्ध्र जना प्राबिधिक जनशक्ति लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता पशु चिकित्सक मानबहादुर केसी,रहेको कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायरद को प्रमुख आतिथ्यता रहेको थियोे कार्यक्रमकाे संचालक पशुविकास अधिकृत गाेपाल सिंह बाेहराले गरेको थिए । शिविरमा पन्ध्र जना प्राविधिक जनशक्तिकोे सहभागीता रहेको थियो ।
