धनबहादुर बिक
कञ्चनपुरको बेलौरीमा पुर्व विद्यार्थी समाज शान्तिपुरद्वारा आयोजित तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९ को आयव्यय सार्बजनिक गरिएको छ । मंगलबार शान्तिपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर गत पौष ११ गते देखि २० गते सम्म सञ्चालन गरिएको तेस्रो बेलौरी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०७९ को आयव्यय सार्बजनिक गरिएको हो । तेस्रो बेलौरी कृषि, पर्यटन तथा सास्कृतिक महोत्सव अबधिभर १९ लाख ५९ हजार ६ सय ५० रूपैया आम्दानी र २२ लाख २ हजार ८ सय ५५ रुपैया खर्च भएको मेला मुल आयोजक समितिका संयोजक तथा शान्ति मा.बि शान्तिपुरका प्रध्यानाध्यपक प्रेम बहादुर थापाले जानकारी दिनुभएको छ । तुलनात्मरुपमा महोत्सवबाट आम्दानी कम र खर्च धेरै भएपनि संस्थाका आजिवन सदस्य तथा अन्य स्रोतबाट रकम जम्मा गरेर भएपनि ‘गरिब तथा असाहय बालबालिकाहरुलाई केहीदिन भित्र १ लाख बराबरको छात्रबितृ प्रदान गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा महोत्सवलाई सफल पार्न बिभिन्न क्षेत्रबाट महत्वपुर्ण साथ र सहयोग गर्ने संघ संस्थालाई सम्मान पनि गरिएको छ ।
पत्रकार सम्मेलनमा मेला मुल आयोजक समितिका संयोजक तथा शान्ति मा.बि शान्तिपुरका प्रध्यानाध्यपक प्रेम बहादुर थापा,पुर्ब विद्यार्थी समाज शान्तिपूरका सस्थापक सुरज रावल तथा संस्थाका पदाधिकारी तथा स्थानिय पत्रकारहरुको समेत सहभागिता रहेको थियो । यस्तै कार्यक्रमको सञ्चालन वात्सल्य बिद्या निकेतनका प्रिन्सिपल लक्ष्मण दियालले गर्नुभएको थियो । पुर्ब विद्यार्थी समाज शान्तिपूरको आयोजनामा ‘गरिब तथा असाहय बालबालिको सहयोगार्थ’ भन्ने मुल नाराका साथ बेलौरीको खुल्ला मञ्चमा पुष ११ गतेदेखि पुष २० गते सम्म तेस्रो बेलौरी कृषि पर्यटन मेलाको आयोजना गरिएको थियो । पुर्ब बिद्यार्थी समाजले बिगत देखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
