सरस्वती सुनार २० फागुन
कृष्णपुर नगरपालिका वडा न ७ र पशुसेवा शाखा कृष्णपुको संयुक्त आयोजनामा निःशुल्क पशु स्वास्थ तथा बांझोपन निवारण शिबिर संचालन गरेका हुन । कृष्णपुर नगरपालिका वडा नम्बर ७ को प्राङ्गणमा शनिबार संचालन भएको थियो । उक्त शिबिरमा मुख्यतया परजीवि विरुद्धको औषधि निः शुल्क वितरणको साथै, गोबर परिक्षण, पशु स्वास्थ परिक्षण, पशु बन्ध्याकरण,पशु गर्भ परिक्षण, कृतिम गर्भाधान सेवा, पशुमा बांझोपनको परिक्षण, रेविज खोप लगाएतका सेवाहरु प्रदान गरिएको थियो ।उक्त शिविरबाट ३६७ घरधुरि कृषकले लाभ लिएका थिए। औषधी वितरण, खोप तथा गर्भ परीक्षण, प्राविधिक परामर्श, कृत्रिम गर्भाधान, बन्ध्याकरण र रेविज विरुद्ध खोप लगायतका सेवाहरु उपलब्ध रहेको थियो । शिविरमा ६३ गाँई, १४३ भैंसी, ९०२ बाख्रा, १ घाेडा काे स्वास्थ्य जाच गरिएको थियो । वृहत रेविज भ्याक्सिनेसनमा ३६ ओटा कुकुरलाई निःशुल्क रेविज भ्याक्सिन तथा जुकाको औषधी उपलब्ध गराईएको जानकारी पशु सेवा शाखाका पशु चिकित्सक मानबहादुर केसीले रैकवार खबर दैनिकलाई जानकारी दिएका छन् । शिविरमा रोगी पशुहरुको उपचार गरिनुका साथै पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको भ्याक्सीनेशन वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा,बाच्छि, बाख्राहरुमा गरिएको छ । पशुहरुमा लाग्ने घातक रोगहरुको उपचार र रोग लाग्न नदिन भ्याक्सीनेशन गर्ने उद्धेश्यका साथ शिविर संचालन गरिएको शिविरमा सहभागि कृष्णपुर नगरपालिकाका पशु विकास शाखाका अधिकृत गोपाल सिंह बोहराले जानकारी गराए । शिविर सँचालन भएपछि पशुहरुमा लाग्ने घातक रोगहरुमा कमि आउने र पशु उत्पादन समेत बढ्ने बोहराले बताएका छन् । त्यस्तै शिविरमा ठुला तथा साना पशुहरुमा लाग्ने विभिन्न किसीमका रोगहरुको उपचार गरिनुका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको छ । शनिबार सुरु भएको शिविरमा पशु स्वास्थ्य शाखाबाट प्राबिधिक जनशक्ति लगायतककाे उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता पशु चिकित्सक मानबहादुर केसीरहेकोे उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका नगर-उपप्रमुख द्राेपती रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालक पशुविकास अधिकृत गोपाल सिंह बोहराले गरेको थिए ।
