बैतडी : त्रिभुुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुु) निर्वाचनको मिति घोषणा गरेलगत्तै बिभिन्न पदका लागि फरक(फरक विद्यार्थी संगठनका विद्यार्थी नेताहरुको नाम चर्चामा आउन थालेको छ । बिगत १४ बर्षदेखि निर्वाचन हुननसकेकाले पनि आकांक्षीहरू धेरै देखिनु स्वभाविक बनेको छ ।
यसै क्रममा सेटि गाउँ बहुमुखी क्याम्पस गोकुलेस्वर बैतडीमा सभापतिको लागी आशिष् मालले आफ्नो उम्मेदावारी घोषणा गरेका छन् ।डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेस्वर बैतडी स्थायी घर भई हाल अध्ययन र पत्रकारिताको शिलशिलामा धनगढी बस्दै आएका मालले पनि सेटि गाउँ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको लागी चुनावी तयारी थालेका छन् ।
उनका अनुसार हालसम्म कयौ पटक स्ववियु निर्वाचन भएता पनि हामी विद्यार्थीहरूका समस्याहरू सधैभरी समस्या नै रहिरहेको र यस्ता समस्या समाधानको लागी स्ववियुमा राजनीति जोगाँउनका लागी विद्यार्थी बनेका आयातित राजनीतिज्ञले नभई नियमित बास्तविक विद्यार्थीहरूले ठाउॅं पाउनुपर्ने उनको भनाई छ ।
बिगतमा भएका यस्तै कार्यहरूले गर्दा आज त्रिभुवन विस्वविद्यालयमा चरम लापरबाही र बिद्यार्थीमाथि खेलवाड भैरहेको बताए । यस्ता तमाम समस्याहरूको दिगो समाधानको लागी आफ्नो उम्मेद्वारी रहने उनले बताएका छन ।
देशभरका विभिन्न क्याम्पसमा स्ववियु निर्वाचन घोषणा भएसंगै विद्यार्थी संगठनहरु आफ्नो माहोल बनाउन जुटेका छन् ।
बैतडी जिल्लाको सर्वाधिक चर्चामा रहेको एकमात्र क्याम्पस सेटि गाउँ बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) पहिलेबाट सक्रिय रहेको छ । यति बेला यस क्याम्पसमा अखिलका विद्यार्थी नेता मालको नाम चर्चामा रहेको छ ।
