राना युथ युवा क्लबद्वारा रक्तदान सम्पन्न

धनगढीः कैलालीको धनगढीमा राना युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। मिति २०८९/१२/११गते शनिबार धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको राना युथ क्लबले ‘जिवन अमुल्य छ, बचौ र बचाउ’ ‘मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ मुल नारासहित शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। ‘स्वस्थ रहौँ सम्वृद्ध बनौँ’ सन्देशका साथ राना युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका सदस्य प्रकाश रानाले बताए। कार्यक्रममा ४८ जनाले रक्तदान गरेको उनले बताए। रगत अभावकै कारण कसैले अकालमा मृत्युबरण गर्न नपरोस भनेर क्लबको तर्फबाट रक्तदान गर्ने काम भएको हो।
राना युथ क्लबका अध्यक्ष बहाली रानाको अध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष विजय जाेशी समाजसेवि भाेजराज राना,माेहन राना, मेघराज राना, क्लबले रगतको निकै अभाव रहेको परिपेकक्षमा संस्थागत प्रयास बाट दर्जनौं व्यक्तिहरु रक्तदान गर्नु सराहनीय रहेको बताउदै । उनले रक्तदान जीवन दान गर्नु हो भन्दै प्रत्येक तीन तीनमहिनामा रक्तदान गरि स्वास्थ समाज निर्माणमा समाजिक संघ संस्था , नागरिक समाज अन्य क्लब लाई सिर्जनात्मक योगदान दिन आग्रह गरेका छन् । रानायुथ युवा क्लबको आयोजित कार्यक्रम मुख्य उल्लेखनीय नाराका साथमा आज शनिबार आफ्नो क्लबको उत्तरदायित्व अन्तरगत खुला रक्तदान कार्यक्रमको आयोजना धनगढी १३ चौक नजिकै उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply