पुनर्वास मा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनबहादुर बिक
पुनर्वास – विद्यालय व्यवस्थापन समितिका महिला सदस्य एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई अभिभावक शिक्षा र व्यवस्थापन कौशल सम्वन्धी
एक दिने अभिमुखिकरण कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा पुनर्वास कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर १ देखि ११ सम्म का वडा अध्यक्ष तथा नगरपालिका अन्तर्गत ३२ वटा सामुदायिक बिद्यालय का व्यवस्थापन समिति सदस्य तथा महिला सदस्य गरि करिब ९० जना सहभागी रहेका थिए ।
बालबालिकालाई असल शिक्षा प्रदान गर्न बिद्यालय को एकल प्रयासले मात्रै सम्भव नरहेको बिषयलाई मनन गर्दै उनिहरू को उज्ज्वल भबिस्य तथा शिक्षा दीक्षा का लागि पहिलो पाठशाला घरपरिवार बाटै सुरु हुने उक्त अभिमुखिकरण कार्यक्रममा जानकारी गरिएको थियो ।
आफ्ना सन्तानलाई असल संस्कार सिकाउनु बाबुआमाको पहिलो कर्तव्य रहेको कार्यक्रममा बोध गरिएको थियो ।
कार्यक्रममा ग्लोबल स्केल डेप्लपमेन्ट सुर्खेतका कार्यक्रम निर्देशक क्षेत्र प्रसाद ज्ञवाली प्रमुख प्रशिक्षक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply