शालिग्राम उपाध्याय
धनगढी :- फुलवारी क्याम्पसकाे वार्षिकोत्सब तथा तेस्रो साधारणसभा साेमबार सप्पन्न भएको छ । साधारणसभाको उद्घाटन प्रदेश सभा सदस्य माननीय धर्मराज पाठकले गर्नुभयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय पाठकले फुलवारी क्याम्पस लाई संचालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो। उहाँले आवश्यक सामग्रीको माग आए आफुले पहल गर्ने बताउनुभयो । क्याम्पसको साधारणसभामा आर्थिक प्रतिवेदन पेश गर्नुका साथै सामाजिक प्रगति विवरण प्रस्तुत क्याम्पस प्रमुख रुद्र प्रसाद काफ्ले ले गरेका थिए । क्याम्पस प्रमुख काफ्लेले क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्थाको बारेमा जानकारी गराईएको थियो । साधारणसभामा बोल्दै विभिन्न ब्यक्तिहरुले
फुलवारी क्याम्पसलाई स्थानीय सरकार, प्रदेस सरकार र संघीय सरकारले क्याम्पसलाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो। क्याम्पसको तेह्रौ वार्षिक साधरण सभाकाे सभापतित्वमा क्याम्पस अध्यक्ष रमेशकुमार बस्नेत,रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय धर्मराज पाठक विशिष्ट अतिथि पुर्ब माननीय शुसिला बुढाथोकी अतिथिमा विभिन्न पार्टीका प्रतिनिधि, शिक्षकफ बुद्धिजीवीफ समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेकोे थियोे । कार्यक्रममा स्वागत मन्त्ब्य:उपाध्यक्ष लक्ष्मी प्र.देबकोटाले राखेकी थिइन् । हालसम्मका सबै ब्यवस्थापन समिती लाई सम्मान कार्यक्रम गरिएको थियोे । फुलवारी एकेडमी,पन्चोदय माबी, कैलाश मालिका इ.बो.स्कुल,नोबेल्टी एकेडेमी तथा सुदुरपच्चिम लोक साहित्य समाज ले सास्कृतिक कार्यक्रम गरेका तथा खेलकुद को पुरस्कार बितरण तथा विभिन्न बक्ता हरुले क्याम्पस को सकारात्मक पछ को बारेमा मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा फुलवारी क्याम्पसले आफ्ना आजिवन सदस्यलाइ सम्मान समेत गरेका थिए । कार्यक्रम क्याम्पस संचालक समिती अध्यक्ष रमेशकुमार बस्नेत को सभापतित्वमा सम्पन्न भएकाे थियोे । प्रमुख अतिथि प्रदेश सदस्य माननीय धर्मराज पाठकले क्याम्पसको इतिहास र वर्तमान परिस्थिति बारे प्रकाश पार्दै क्याम्पसलाई अगाडी बढाउन आफू सँधै लागि पर्ने कुरामा जोड दिएका थिए । क्याम्पस प्रमुख रुद्र प्रसाद काफ्लेले संचालन गरेको सो कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो । यस्तै प्रथम वडाध्यक्ष कप फूटबल खेल
फाइनल मनकामना युवा क्लब जुगेडा बर्सेस फूलबारी ११, बिच भएको छ ।
प्रमुख अतिथी वडाध्यक्ष मान ब बिस्ट
विशिष्ट अतिथी कार्यपालिका सदस्य बिन्दु तामाङ्ग र चक्र नेपाली रहेका थिए
कार्यक्रम सन्चालन भने कृत बिस्टले गरेका थिए ।प्रथम पुरस्कार १ लाख एक सय अघार थियो भने दोस्रो पुरस्कार पचास हजार एक सय एघार रहेको थियो खेल १-१ को बराबरीमा रोकिए पछि ट्राइब्रेकरमा २-४ को अन्तरले फूलबारी एघार बिजयी हुनु भएको हो ।
