युगज्योती एकेडेमीको रजत जयन्ती,अतिरिक्त क्रियाकलापदेखि सम्मान

धनबहादुर बिक
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा अवस्थित युगज्योति एकेडेमीले रजत जयन्ती मनाईएको छ ।
सोमबार विविध कार्यक्रमका साथ बिधालय स्थापनाको २४ औं बसन्तलाई बिदाई गर्दै २५ औं स्थापना दिवस तथा रजत जयन्ती भव्य रुपमा मनाईएको हो ।
बिद्यालयका संस्थापक अध्यक्ष बिश्वनाथ बिष्टको सभाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिशिस्ट अतिथिमा राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया बिष्ट आसिन हुनुहुन्थ्यो भने, अतिथीमा पूर्व नगर प्रमुख जिवनराज थापा, रामपुर क्याम्पसका सह– प्राध्यापक ईश्वरीप्रसाद कडरीया लगायतका व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।

रजत जयन्तीको उद्धघाटनका क्रममा प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य तामाङले बिद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै अन्य निजि विधालयहरुको तुलनामा यस बिधालयले धेरै प्रगती गरेको बताउनुभयो ।
त्यस्तै बिशिष्ट अतिथी राष्ट्रिय सभा सदस्य कडरीयाले शिक्षामा निजि बिधालयहरुको योगदानले सरकारलाई ठुलो राहत पुगेपनि सरकारले हेर्ने नजरिया भने फरक रहेको बताउनुभयो । उहाँले निजि बिधालयहरु पनि उधोग व्यवसाय हुन अरुलाई सरकारले अनुदान दिन्छ तर सरकारले निजि बिधालयका लागि कुनै अनुदानका कार्यक्रम अहिलेसम्म ल्याउन नसकेको सुनाउनुभयो ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मानसँगै मायाको चिनो र विभिन्न बिद्यामा उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
चैत्र २९ गते समापन हुने रजत जयन्ती कार्यक्रममा अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता, विद्यालय स्तरीय हाजिरी जवाफ , नेपाली र अङ्ग्रेजी हिज्जे प्रतियोगिता सञ्चालन हुने प्रिन्सिपल खेमराज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम को समेत आयोजना गरिएको थियो ।
बिधालयका प्रीन्सिपल खेमराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन शिक्षकद्वोय शम्भु पौडेल र कर्णदेव भट्टले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply