नयाँ_वर्ष-२०८० काे शुभकामना सन्देश: “सुध्राेस_देशको_हाल”

राजुराम सार्की भुल
विविध धर्म, जातजाती, अनेक भाषा भेष !
शहिदहरूका रगतले, सिञ्चिएकाे यो देश !!
रूदारूदै लालीगुरास, रंग भर्दै भन्छ ।
मेरो लाली चम्काउने, देश कहिले बन्छ ??
जब सारा मानव जगत, विपत्तिले रून्छ !
कोइलीको मधुर स्वरले, अन्तर मन छुन्छ ।।
हिमालको काखबाट, डाफे मुनालहरु ।
नाच्न गाउन बिर्सीदैछन् , काँडेभ्याकुरहरु ।।
संसारैको उच्च शिर, हाम्रो सगरमाथा ।
नेपालीको सम्पत्ति हो, वीरहरुको गाथा ।।
संघर्षको मैदानबाट, यो वर्ष कटाउला !
लाखौं पीडा दुख कष्ट, मिलेर हटाउला !!
विगतको समिक्षा गरि, बढ्नुछ अगाडि !
समाजवादकाे यात्राबाट, नहट्नु पछाडि !!
जितेकाले समृद्धिकाे, बाटो खन्दै गरून् !
हारेकाले हरेस नखाई, खबरदारी गरून् !!
समानता र समताले, विभेद मुक्त गराेस !
सुख,शान्ति, समृद्धिले, सबकाे घर भराेस !!
७९ लाई बिदाई गर्दै, ८० साल आइसक्यो ।
उठ जाग नेपाली हो, बिहानी भईसक्यो ।।
समाजवादकाे जग खन्नलाई, ढिलो अब गर्नु हुन्न !
ठगिएका कान अाँतुर भाछन्, नतिजालाई सुन्न !!
संलिएकाे राजनीतिले, सुध्राेस देशको हाल !
सबैलाई सुनाैलाे बनाेस, नयाँ असी साल !!
गर्नुपर्छ तपाई हामीले, अभावको सामना ।
यहि छ मेरो सबैमा, नयाँ वर्ष २०८० सालको शुभकामना ।।(राजुराम सार्की भुल @ अाफ्नै रचना परिमार्जित गरेको २०८०/०१/०१)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply