बैतडीका स्थानीयतहमा ६४ करोड बढी बेरुजु, सबैभन्दा बढी डिलाशैनीमा

बैतडी-बैतडीका स्थानीय तहमा ६४ करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार जिल्लाका १० ओटै स्थानीयतहमा ६४ करोड १३ लाख २३ हजार बेरुजु रकम देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवदेन अनुसार जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलासैनी गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम शिवनाथ गाउँपालिकामा देखिएको छ ।

सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाको ९ करोड २९ लाख ४० हजार बेरुजु छ भने सबै भन्दा कम शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार बेरुजु देखिएको छ । यस्तै पुर्चौंडी नगरपालिकामा ४ करोड ९९ लाख ३० हजार, दशरथचन्द नगरपलिकामा ५ करोड ८८ लाख ५२ हजार ,मेलौली नगरपालिकामा ६ करोड ७१ लाख ४ हजार र पाटन नगरपालिकामा ६ करोड १७ लाख ६५ हजार बेरुजु देखिएको छ ।

यस्तै जिल्लाको सिगास गाउँपालिकामा ५ करोड ६१ लाख ५७ हजार बेरुजु देखिएको छ भने पञ्चेश्वर गाउँपालिकामा ५ करोड ७८ लाख २५ हजार बेरुजु देखिएको हो । यस्तै सुर्नया गाउँपालिकामा ५ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ भने जिल्लाको दोगडाकेदार गाउँपालिकामा ८ करोड ८९ लाख ८९ हजार बिरुजु देखिएको छ । जिल्लाका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ ।

ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम बढ्दै गएको हो ।
के हो बेरुजु ?
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो, जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औँल्याएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply