प्रमुख जिल्ला अधिकारी द्वारा विवादित सडकको स्थलगत अवलोकन सांसद तामाङ द्वारा प्रतिनिधि सभामा सरकार को ध्यानाकर्षण

धनबहादुर बिक
कञ्चनपुर बेलौरी नगरपालिका ८ पँचुई क्षेत्रमा बिधुतिय लाईन विस्तार गर्दैगर्दा भारतीय पक्षबाट अबरोध गरिएको कञ्चनपुरको हुलाकी सडक क्षेत्रमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल सहित जिल्ला को सुरक्षा टोलीले संयुक्तरूपमा अवलोकन गरेका छन ।

नेपाल विद्युत प्राधिकरणको बेलौरीस्थित शाखाले लाईन ब्यवस्थित गर्न आफ्नै भूमिमा पोल गाड्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले उक्त क्षेत्रको अनुगमन गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको बेलौरीस्थित शाखाले पछिल्लो साता बेलौरी नगरपालिका–८ पचुइँस्थित हुलाकी सडक खण्डमा विद्युत लाईन ब्यवस्थित गर्न आफ्नै भूमिमा पोल गाड्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु-याएको थियो।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बेलौरी नगरपालिका ८ पुचई क्षेत्रमा निर्माणाधिन हुलाकी सडक निर्माणमा अवरोध सृजना गर्दै आएको र यस पटक नेपाल विद्युत प्राधिकारणकाे विद्युतीय लाइन विस्तारमा समेत अवरोध गरेको छ ।
बिगत ३ वर्षदेखि पचुइँस्थित करिब १ हजार ५ सय मिटर हुलाकी सडक खण्ड भारतमा परेको भन्दै एसएसबीले अबरोध गरिरहेको छ। जसका कारण हुलाकी सडक निर्माणको काम पनि रोकिएको छ। त्यसयता हुलाकी सडक निर्माणको काम ठप्प छ।

सडक निर्माण र विद्युत विस्तारमा अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी अर्याल सहितका जिल्ला स्थित कञ्चनपुर प्रहरी प्रमुख (एसपी) कमल थापा र सशस्त्र प्रहरी प्रमुख प्रेम रावल सहितकाे विशेष टाेलीले स्थलगत अनुगमन गरेका हुन् । संयुक्त अनुगमन गर्दै भारतीय पक्षबाट अवरोध गरिएको सडक निर्माण र विद्युत विस्तारका लागि पहल गर्ने कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
अन्तर्राष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले स्ट्रीप नक्सा संशोधन हुनुपर्नेमा जोड दिएका छन् । ” पटकपटक ध्यानाकर्षण गराउदा समेत सरकारले सुन्दैन् उनले भने- परराष्ट्रमन्त्री अहिले कञ्चनपुर कै एनपी साउद बनेका छन् अब उहाँले सीमा समस्याको दिर्घकालिन समाधान तर्फ कुटनैतिक पहल गर्नुपर्ने कुरामा जोड दिए ।
केही दिन अघि बेलौरी नगरपालिकाले समेत भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडक निर्माण र विद्युत विस्तारका कार्य अघि बढाउन सहजीकरणका लागि प्रशासनसंग अनुरोध गरेको थियो । भारतीय पक्षबाट नेपाली भूमिमा हस्तक्षेप गरेर सडक निर्माण र विद्युत विस्तारमा अवरोध गरेपछि स्थानीयले समेत सडक निर्माण र विद्युत विस्तारमा माग अघि सारेका छन् । पटकपटक स्थानीय देखि राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुले उक्त विषय उठान गर्दै आए पनि समस्याको समाधान भने अझै भएको छैन् ।
यसैबिषयमा प्रतिनिधि सभा सदस्य तारालामा तामाङले
भारतसँग जोडिएको दक्षिणी क्षेत्रको सीमा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद तामाङले सीमा विवादका कारण कञ्चनपुरका नागरिकले वर्षौदेखि सास्ती बेहोर्दै आएको बताए।

‘सिमानामा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक र कर्मचारीहरुमाथि ज्यादती गरिरहेका छन्,’ उनले भने, ‘२०७३ फागुन २६ गते सीमा विवादकै कारण गोविन्द गौतमको ज्यान गएको थियो। त्यस्तै अवस्था आउन नदिन तत्काल सीमा बिवाद समाधान गर्नुप-यो।’

उनले बेलौरी नगरपालिकाको पचुइँ क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हुलाकी सकड निर्माणमा अवरोध गरेको र हालै विद्युत लाइन विस्तार गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई धाकधम्की दिएको बताए।

‘कहिले हुलाकी सडक बनाउँदा अवरोध गरिएको छ, कहिले विद्युत विस्तारमा अवरोध गरिएको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा नेपाली नागरिकहरू असुरक्षित महसुस गरिरहेका छन्। जनतालाई सुरक्षाको अनुभूति हुने गरी सीमा विवादको समाधान खोजियोस् उनले भनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply