पुनर्वास मा सन्त निरंकारी मण्डल द्वारा मानव एकता दिवस तथा रक्तदान कार्यक्रम सम्पन्न पुर्व मन्त्री तथा सांसद लामा सहित ३५ जनाले गरे रक्तदान

धनबहादुर बिक
पुनर्वास सन्त निरंकारी मण्डल को बार्षिक कार्यक्रम मानव एकता दिवस तथा बृहत रक्तदान कार्यक्रम मा सांसद तारालामा तामाङले ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान समेत गरेका छन ।
सुदूरपश्चिम प्रदेश पुर्व आर्थिक मामिला मन्त्री तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङले सन्त निरंकारी मण्डल नेपाल द्वारा मानव एकता दिवस कार्यक्रम का अवसरमा शनिबार सन्त निरँकारी सत्संग भवन पुनर्वास मा आयोजना गरिएको मानव एकता दिवस तथा रक्तदान कार्यक्रममा स्वयम् रक्तदान गरेका हुन ।
सन्त निरंकारी मण्डल का जवान सहित सांसद लामा र पुनर्वास उधोग वाणिाज्य संघ का अध्यक्ष राजकुमार रायमाझी लगायत ३४ जनाले रक्तदान गरेका हुन ।
सन्त निरंकारी मण्डल कञ्चनपुर को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी संचार केन्द्र महेन्द्रनगर को सहयोगमा भएको रक्तदान शिविर मा ३५ जना रक्त दाता सेवादल भाइबहिनी एवं अन्य व्यक्तिहरुले रक्तदान गर्नु भएको थियो ।
रगत नाली मा होइन नाडिमा बहाऔ ” भन्ने मुलनारा का साथ मानव एकता दिवसको सन्दर्भमा संत निरंकारी मण्डल नेपाल द्वारा हरेक वर्ष मनाइदै आएको रक्तदान तथा वृहत् सत्सङ कार्यक्रम यसवर्ष कंचनपुर शाखा को आयोजना मा संत निरंकारी सत्सङ भवन पुनर्वास नगरपालिका ४ जनकबस्तिमा रहेको सत्संग भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कंचनपुर निर्वाचन क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य माननीय तारालामा तामाङ ले प्रमुख अतिथिको आशन बाट ब्लड ब्याग हस्तान्तरण गर्दै र स्वयं ले रक्तदान गरेर रक्तदान शिविर को उद्घाटन गर्नु भयो ।

कार्यक्रम मा प्रदेश सभा सदस्य माननीय वीरबहादुर थापा बिशिस्ट अतिथि रहनुभएको थियो । अतिथिहरुमा पुनर्वास नगरपालिका नगरप्रमुख तोयनाथ शर्मा , सन्त निरंकारी मण्डल नेपाल का केन्द्रीय सह सचीव नरबहादुर बिश्वकर्मा , पुर्व नगरप्रमुख जीवन राज थापा , पुर्व उपप्रमुख शारदा बिष्ट धामी , वडा अध्यक्ष मनोज जैशी , समाजसेवी रामचन्द्र नेपाल , पुर्व श्रोत ब्यक्ति बिश्नु प्रसाद पौडेल , उद्योग वाणिज्य संघ पुनर्वास का अध्यक्ष राजकुमार रायमाझी , बौद्ध गुम्बा का क्षेत्रबहादुर लामा , इश्वरिय प्रजापिता ब्रह्मकुमारी का प्रचारिका सिमा खत्री , शशस्त्र प्रहरी बल का प्रहरी नायब निरीक्षक हरि गिरि , नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर का जीवन चौधरी , स्वास्थ्यकर्मी हरू बिष्णु घिमिरे , नरेन्द्र चन्द , गोरख बहादुर रोकाया लगायत रहनु भएको थियो ।

कार्यक्रम मा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथि हरुले यसपरोपकरी कार्यको प्रासंसा गर्नुका साथै सन्त निरंकारी मण्डल लाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रक्तदान पश्चात् सयौंको संख्या मा वृहत् सत्सङ कार्यक्रम भएको थियो । सत्सङ कार्यक्रम को प्रमुख अतिथि मण्डल का केन्द्रिय सहचिव तथा ज्ञान प्रचारक नरबहादुर बिश्वकर्मा हुनुहुन्थ्यो । प्रमुख अतिथि बिश्वकर्मा ले आफ्नो विचारमा मानव एकता दिवस को महत्त्व तथा मिशनले लिएको आध्यात्मिक जागृति र समाजकल्याण को बाटोको बारेमा चर्चा गर्नु भएको थियो। सत्सङ कार्यक्रम मा विचार तथा भक्ति रचना प्रस्तुत गर्नुहुने महात्माहरुमा प्रचारक करन सिंह सुनार , रामप्रसाद गुरुङ , लक्ष्मी बिश्वकर्मा , मान सिंह तिरुवा , पुजा गुरुङ , दिपक पार्कि , राजेन्द्र कोलि , जमुना देवि , दिलबहादुर लामिछाने लगायत का हुनुहुन्थ्यो भने सत्सङ पश्चात् लङ्गर ( भोजन ) को व्यवस्था गरिएको थियो ।
कार्यक्रम को सञ्चालन मण्डल का प्रेस प्रतिनिधि धनबहादुर बिस्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply