धनगढी :कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट स्थित श्री वनदेवी सामुदायिक वन र गौरादेवी सामुदायिक क्षेत्र नजिकै बाघ आवतजावत गर्ने बाटोमा क्यामरा जडान गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित राजघाट र जाेरायल टाेल नजिकै सीता सामुदायिक वनमा पनि बाघको निगरानीका लागि ४ वटा स्वचालित क्यामरा जडान गरिएको हो। सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि क्यामरा जडान गरिएको छ।
स्थानीयमा बाघको त्रास रहेका बेला राष्ट्रिय प्राकृतिक सरक्षण कोष, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहयोगमा डिभिजन वन कार्यालय कञ्चनपुरले वनदेवी सामुदायिक वन र गौरादेवी सामुदायिक वन क्षेत्रमा २ वटा सीता सामुदायिक वनमा २ वटा गरि ४ वटा क्यामरा जडान गरेको हो। समुदाय वन बाघबाट थप घटना नघटोस भन्ने उदेश्यले ४ वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले बताएको छ। कञ्चनपुर क्षेत्र न.२ क का प्रदेश सभा सदस्य माननीय ओम विक्रम भाट (सरल)काे विषेश पहलमा भएको वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले बताए ।
कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा नगर उप- प्रमुख द्राेपती राना, डिभिजन बन कार्यालय कंचनपुर का प्रमुख सम्भु प्रसाद तिवारी , कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायर, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का,समाजसेवी लेखराज जाेशी, सि एफ सि सि प्रदेश सदस्य पुनाराम चौधरी, सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, समाजसेवी लालबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।
सो क्षेत्र नजिक घाँसपात काट्न जान र खेतीपाती भित्र्याउन समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन्। सामुदायिक वन क्षेत्र नजिकका नागरिक बाघको त्रासमा रहेका हुन।
राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको कञ्चनपुर डिभिजन कार्यालय प्रमुख शम्भु प्रसाद तिवारीले बताए।गाउँ नजिकै बाघ देखिएपछि स्थानीयमा त्रास छ, बाघ एउटै ठाउँमा बस्दैन, त्यही पनि एक साता क्यामेराले निगरानी गरेपछि त्यो क्षेत्रमा बाघ छ वा छैन भन्ने निर्क्याेल हुन्छ’, उनले भने त्यसले स्थानीयको त्रासलाई केही हदसम्म कम गर्नेछ।
अहिले पर्याप्तमात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै चार क्यामेरा जडान गरिएको छ। एक साता ती क्षेत्रको अनुगमनपछि अन्यत्र ठाउँमा पनि बाघको निगरानीका लागि तिनै क्यामेरा सारिने उनलेे बताएका छन ।
