प्रदेश स्तरीय तेक्वान्दोको छनोट कंचनपुरमा सम्पन्न

धनगढी: कंचनपुर जिल्लाले तेक्वान्दो विकास समितिले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने जिल्ला भरिका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार महेन्द्रनगरको कबड हलमा सम्पन्न गरेको छ ।

प्रदेश स्तरीय तेक्वान्दो डोजाङको आयोजनामा हुने सुदुरपशिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र सुदुरपशिम प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।

तेक्वान्दो प्रतियोगिताका लागि ७ पुरुस ८ जना महिला खेलाडी छनोट भएका छन । एकदिने दुवै छनोट प्रतियोगिता नेपाल तेक्वान्दो संघ कंचनपुर जिल्ला तेक्वान्दो प्रशिक्षण केन्द्र महेन्द्रनगर कंचनपुरको हलमा भएको थियो । प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीले सीधै त्यही प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिता नेपाल तेक्वान्दो संघ कंचनपुर जिल्ला तेक्वान्दो प्रशिक्षण केन्द्र महेन्द्रनगर कंचनपुरको हलमा हुने छ ।

छनोट भएका खेलाडीलाई कंचनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर शिहले छनोट भएका हरुलाइ प्रमाण पत्र सहित सम्मान गर्नु भएको छ ।
यस्तै छनोट कार्यक्रममा तेक्वान्दो खेलका कंचनपुर जिल्ला प्रशिक्षक मोहन प्रताब गुरुङ लगाए जिल्लाका विभिन्न खेल प्रशिक्षणकेन्द्रका प्रशिक्षक सहितको पनि प्रतियोगितामा सहभागी रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply