धनगढी उप –महानगरपालिकाको कक्षा ८ को वार्षिक नतिजाले उव्जाएको एउटा तरङ्ग,शिक्षाको वर्तमान खस्कदो गुणस्तरमा कसको जिम्मेवारी कति ?

धनगढी उप महानगरपालिकाले यस वर्ष संचालन गरेको कक्षा ८ को वार्षिक परीक्षाको नतिजाले धनगढी मात्र नभई नेपाल भरी नै एक खालको तरड्ड नै पैदा ग¥यो । यस विषयले संसदमा समेत प्रवेश पायो । लामो समयसम्म स्थानिय तथा राष्ट्रिय स्तरका मिडियाम यो विषयलाई प्राथमिकता दिइयो । सामाजिक मिडियामा पनि यस विषयले निकै प्राथामिकता पायो र हरेकले एक अर्कोलाई दोष दिदै आफ्ना आफ्ना र्तक दिन भ्याए । नगरपालिकामा पनि विभिन्न घम्सा घम्सी बहस पनि भए र यसको जिम्मेवारीको हो भन्ने विषय निकै पेचिलो बन्यो । केहि विद्यार्थीृलेत नगरपालिकाको गेटमै धर्ना समेत गरे । कसैले शिक्षकले राम्रोसँग नपढाएको, राजनिति गरेको अर्थात शिक्षकले जिम्मेवारी वहन नगरेको भन्न सम्म भ्याए । कतिले अभिभावकले आफ्ना बच्चाको पढाइको वास्ता नगरेको, उनीहरुको पढाइ प्रति चासो नदिएको, घरमा पढ्ने वातावरण नभएको भन्ने आरोप लगाए । त्यसै गरी कतिपयले विद्यार्थीले पढ्ने नगरेको, मोवाइलमा समय व्यतित गरेको, शिक्षक अभिभावकलले भनेको नटेर्ने, पढाइ प्रति वितृष्णा वा पढेर भविष्य सुनिश्चित नभएको सम्म भने । त्यस्तै प्रअ, वि व्य स, शि अ क को नेतृत्वदायी क्षमता नभएको, सहि नेतृत्व छनोट नभएको, विद्यालयमा राजनिती गर्ने, विद्यालयमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्ने आरोप पनि लगाए । अर्को तिर विद्यालयमा भौतिक पूर्वाधारको अभाव, शिक्षक दरबन्दीको अभाव, पुस्तकालय, कम्प्यूटरको अभावले गर्दा यो अवस्था आएको भन्ने कुरा आयो । धेरैले राष्ट्रिय तथा स्थानिय सरकारको शिक्षा सम्बन्धी नीतिगत समस्या, शिक्षकलाई राजनीतिमा संलग्न गराएको, परीक्षा प्रणालीमा त्रुटि, विद्यालयको नियमित अनुगमन नभ्एको, पाठ्यक्रममा समस्या र बढ्दो शैक्षिक बेराजगारी अहिलेको शिक्षाको गुणस्तर खस्कनुका प्रमुख कारणहरु रहेको बताए । यसरी एक अर्कोलाई दोष दिदैमा यो विषय बढो गर्विलो बन्न पुग्यो र यसले सबैको ध्यान आर्कषित ग¥यो । धनगढी उप महानगरपालिका एउटा प्रतिनिधी घटना मात्र हो समग्रमा देशको शैक्षिक अवस्था यस्तै वा यो भन्दा दयनिय रहेको कुरामा सवै सहमत नै छन् । परीक्षा प्रणलीले नै नतिजा फरक ल्याउन्छ भन्नेमा कुनै दुइमत छैन । अहिले आएर मेयरले त शुन्य नतिजा ल्याउने विद्यालयलाई नगरपालिकावाट पाउने सुविधा लगायत थप व्यक्तिगत सहयोगवाट रु १० लाख बराबरको शैक्षिक समाग्री दिने घोषणा समेत नै भयो । एक हदसम्म यो राम्रो काम भएपनि तर यसले मात्र समस्याको दिर्घकालिन समाधान चाहि पककै होइन ।

म एक मध्यम परिवारमा दुर्गम ठाउँमा जन्मेर स्नाकोत्तर सम्मको शिक्षा लिने अवसर पाए अहिले एम फिल लिडिङ पि एच डीको विद्यार्थी र २५ वर्ष सम्म शिक्षामा नै काम गर्ने मौका पाए । विशेष गरी शिक्षक तालिम, अभिभावक सचेतना, वि.व्य.स, शि.अ.स, प्रअको क्षमता विकास,विद्यार्थीको सृजनशिलता र शिक्षाका नीतिगत कुराहरुमा विभिन्न विकसित मूलक अष्टे«लिया, न्यूजिलैण्ड, यूके, अमेरीका, नर्वेका शिक्षा विद् तथा शिक्षकसँग लामो समय सम्म काम गर्ने अवसर प्राप्त भयो । नेपालका केहि पूर्वी दुर्गम जिल्लाका केहि विद्यालयहरुमा नमूनाको रुपमा काम ग¥यौ र ती विद्यालयमा शिक्षामा सुधार भएको पनि देखियो । मेरो शिक्षा क्षेत्रको लामो अनुभववाट शिक्षामा साच्चिकै सुधार गर्ने हो भने कुन पक्षको के के जिम्मेवार रहन्छ भन्ने कुरालाई समेटर एउटा प्याकेज नै बनाएको छु जसलाई यहाँ बुधागत रुपमा प्रष्ट पार्न चाहान्छु । मैले माथी नै उल्लेख गरेका कुराहरु जुन धनगढीको कक्षा ८ को नतिजाले उब्जाएको एक अर्का प्रतिका आरोप प्रत्यारोपलाई मैले राम्रोसँग मन्थन गरे र केहि हदसम्म ती आरोप प्रत्यारोप प्रति म सहमत छु । तर एक अर्कोलाई दोष लगाएरै बस्ने हो भनेत शिक्षामा कहिल्यै सुधार गर्न सकिदैन । तसर्थ सवै सरोकारवालाहरुलाई समेटेर एक अर्को प्रति जिम्मेवार बनाउन एउटा शैक्षिक प्याकेजको निर्माण गरिएको छ जसमा सवैलाई आ आफ्नो जिम्मेवार बोध गराइएको छ ।

१. विद्यार्थीलाई पढाइ प्रति आर्कषित गराउने विद्यार्थी शिक्षाको मुख्य केन्द्र विन्दु भएकाले विद्यार्थीलाई पढाइ प्रति आर्कषित गराउनु सवैभन्दा महत्वपूर्ण हुन जान्छ । यस भित्र विद्यार्थीलाई पढाइ प्रति आर्कषित हुने खालका कार्यक्रमहरु जस्तै पढाइको महत्व, पढ्ने तौर तरीकाहरु, संस्कार, सभ्य जिवन शैली, जिवनका गोल्डेन नियम जस्ता कुराहरुलाई समेटिएका छन् । विद्यार्थीलाई व्यक्तिगत रुपमा, समूहमा तथा वाल क्लव मार्फत यी कार्यक्रमलाई कार्यन्वयन गरिन्छ जसको लागि सहजकर्ता तालिम प्राप्त हुनु जरुरी हुन्छ । अहिले विद्यार्थी अभिभावक,शिक्षक कसैले भनेको नमान्ने, विभिन्न कुलतमा लाग्ने, घरमा नबस्ने, मोबाइलको नराम्रो लत बसेकाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन सम्म विद्यार्थीलाई पढाइ प्रति आर्कषित गर्न सकिदैन ।

२.अभिभावक सचेतना
बालबालिका विद्यालयमा ६ घण्टा बाकी १८ घण्टा आमा बुबासँग रहने भएकाले उनीहरुको सिकाइ वृद्विमा अभिभावकको ठूलो योगदान रहने गर्दछ । बालबालिकाको पहिलो पाठशाला नै घर हो जहाँबाट उनीहरुको सिकाइको शुरुवात हुन्छ । तसर्थ गृणस्तरीय शिक्षाको प्रत्याभुति गर्नका लागि अव विद्यर्थीका साथ साथै अभिभावकलाई पनि पढाउनु पर्ने अवस्था आएको छ । स्कुलको भरमा मात्र नपरि घरमा पनि पढ्ने बातावरणको सृजना गर्न उत्तिकै आवश्यक छ । अभिभावकलाई आफ्ना बालबालिकाको पढाइ अवस्थाको बारेमा जानकारी हुन आवश्यक छ जसको लागि विद्यालयमा गएर शिक्षकसँग निरन्तर संचार गर्नुपर्ने हुन्छ । आफ्ना बालबालिकालाई चाहिने आवश्यक सामग्रीको व्यवस्थापन गरी गृहकार्य गरे नगरेको जानकारी गर्नु पर्ने हुन्छ । बालबालिको साथी संगत कस्तो छ , समयमै घरमा आउन्छ कि आउँदैन उसको बानी व्यहोरा कस्तो छ यी यावत कुराहरुमा अभिभावक जानकार हुनुपर्दछ । छोरारछोरी शिक्षाको महत्व र अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारीको बारेमा सचेतना गराउन अहिलेको परिवेशमा एकदमै उपयोगी हुन आउन्छ । तसर्थ अभिभावक सचेतना कार्यक्रमलाई प्राथामिकताका साथ यस प्याकेजमा समेटिएको छ ।

३. शिक्षक उत्प्रेणा
शिक्षण सिकाइको सवैभन्दा महत्वपूर्ण केन्द्र विन्दु भनेकै शिक्षक हो जसले काचो माटो रुपी बालबालिकाकालाई एउटा परिपक्क सक्षम मानव बनाउदछ । शिक्षक तालिम प्राप्त र सीपयुक्त हुनुपर्दछ ताकी विद्यार्थीलाई सहि मार्गमा लगाउन सकोस । यसको लागि शिक्षकलाई तालिमको साथ साथै काम गर्नका लागि सवै पक्षबाट हौसला दिनु पर्ने हुन्छ । शिक्षकलाई गाली र दोष मात्र दिएर हुदैन, उनीहरुलाई विद्यालयमा जोश जागरका साथ काम गर्ने वातावरणको सृजना गर्नुपर्छ ताकी शिक्षकले मन लगाएर विद्यार्थीलाई पठन पाठन गर्न सकुन । शिक्षकले बदलिदो नयाँ परिवेश अनुसार आफुलाई अधाबधि गर्नुपर्ने हुन्छ । शिक्षणका नयाँ नयाँ तौर तरीकासँग परिचित हुनुपर्दछ र विद्यार्थीको पढाइ प्रति चिन्तित हुनुपर्दछ । विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरुलाई राम्ररी पढ्नु पर्दछ जसबाट विद्यार्थीका समस्याहरुलाई राम्रोसँग केलाएर समाधानका सहि उपाय अवल्म्वन गरी सुधार ल्याउन सकिन्छ । विद्यार्थीको क्षमता पहिचान गरी योजनाबद्व तरीकाले पठन पाठन गराउदा सिकाइमा निकै वृद्वि हुन आउन्छ । विद्यर्थीले सिक्ने तरीकाहरुको पहिचान गरी सोहि अनुरुपका शिक्षण विधिहरु अवलम्वन गर्नुपर्ने हुन्छ । यसरी शिक्षलाई आफ्नो काम प्रति जिम्मेवार बनाउनका लागि उत्प्रेणाको महत्वपूर्ण हात रहन्छ । जसबाट शिक्षामा सहजै गुणस्तर ल्याउन सकिन्छ भन्ने कुरामा कुनै दुई मत छैन ।तसर्थ शिक्षक उत्प्रेरणालाई प्राथामिकताका साथ यस प्याकेजमा समेटिएको छ ।

४.प्रअको नेतृत्व क्षमता विकास
शिक्षामा गुण्स्तर ल्याउनमा प्रअ को नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । अहिले सम्म जति पनि नमूना विद्यालय बने ती सवै प्रअ को कुशल नेतृत्वले मात्र सफल भएका थुप्रै उदाहरण यथष्ट छन् । एउटा प्रअ को सहि परिकल्पनावाट कुनै पनि विद्यालयले गुणस्तरीय शिक्षामा छलाङ मार्न सम्भव छ जुन कुरा राम्रो गरिरहेका विद्यालयबाट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यसर्थ प्रअ को नेतृत्वदायी क्षमताको अभिवृद्वि गरी शिक्षाको गुणस्तर सुधार गर्न सम्भव छ । प्रअ कुनै दलगत राजनीतिवाट प्रभावित नभई विद्यालयमा एउटा शसक्त टीम निर्माण गरी स्वतन्त्र रुपमा विद्यालयका हरेक गतिविधीमा संलग्न रहनु पर्दछ जसवाट विद्यालयलाई एउटा नमूना विद्यालयको रुपमा अगाडी बढाउन सकिन्छ । तसर्थ प्रअको नेतृत्व क्षमता विकासलाई प्राथामिकताका साथ यस प्याकेजमा समेटिएको छ ।

५.कुशल व्यवस्थापन
विद्यालयलाई सहि रुपमा अगाडी बढाउनका लागि कुशल व्यवस्थापनको नितान्त जरुरत पर्दछ । यसमा वि.व्य.स.र शि.अ.सं को महत्वपूर्ण भूमिका रहन्छ । कतिपय विद्यालयमा वि.व्य.स. गठनका लागि चुनाव नै गर्नुपर्ने अवस्था सृजना भएको छ भने कतिपय विद्यालयमा जवरजस्ती एउटै व्यक्तिलाई लामो समय सम्म बस्नका लागि अनुरोध गरेको अवस्था छ । वि .व्य.स. र शि.अ.क मा विशेष गरी विद्यालयलाई कुशल तरीकावाट व्यवस्थापन गर्न सक्ने क्षमता भएको, कुनै दलगत राजानीति र व्यक्तिगत स्वार्थ नभएको सामाजिक सेवाको भावना भएको व्यक्ति हुनुपर्दछ अनिमात्र विद्यालयलाई नमूनाको रुपमा अगाडी बढाउन सकिन्छ । यसका साथै वि.व्य.स र शि.अ.क को व्यवस्थापिकिय तालिमको जरुरत पर्दछ ।तसर्थ कुशल व्यवस्थापनका लागि वि.व्य.स र शि.अ.क.लाई प्राथामिकताका साथ यस प्याकेजमा समेटिएको छ।

६.नीतिगत पैरवी
विद्यालयमा गुणस्तर बढाउन विद्यमान शिक्षा सम्बन्धी स्थानिय तथा संघिय नीतीको पनि ठूलो हात रहन्छ जसलाई समय सापेक्ष परिमार्जित गर्दै लैजानु पर्दछ । आजको बदलिदो विश्व परिवेशलाई मध्य नजर गर्दै समाजको आवशयकतालाई ध्यान दिदै शिक्षा नीतीमा परिवर्तन गदै लैजानु पर्दछ तव मात्र शिक्षालाई जिवन उपयोगी बनाउन सकिन्छ । आजको विश्वका कतिपय देशले शिक्षा नतिी कै कारण विकासमा ठूलो फड्को मारिसके तर हामी भने त्यहि पुरानै परम्परागत शिक्षा नीती मै अभ्यस्त भईरहेका छौ जसवाट कसरी गुणस्तरीय शिक्षाको अपेक्षा परा गर्न सकिन्छ त । यसर्थ शिक्षा नीतीमा स्पस्ट रुपमा पाठ्यक्रम परिमार्जन, शिक्षकको वैज्ञानिक व्यवस्थापन, शिक्षकको क्षमता अभिवृद्वि, शैक्षिक पूर्वाधार निर्माण, शैक्षिक सामग्रीको व्यवस्थापन, विद्यालयको अनुगमन र मूल्याङकनका कुराहरुलाई विशेष प्राथमिकताका साथ हेरिनु पर्दछ र बदलिदो परिवेश अनुरुप परिमार्जन गर्दै लैजानु पर्दछ । यसको लागि विज्ञसँग आवश्यक राय सल्लाह लिनु पर्ने हुन्छ र अरुका राम्रा कुराहरुको अनुसरण गर्नु पर्ने हुन्छ । तसर्थ नीतीगत पैरवीलाई प्राथामिकताका साथ यस प्याकेजमा समेटिएको छ ।

समग्रमा भन्नु पर्दा विद्यालयलाई एउटा सक्षम र गुणस्तर बनाउनका लागि माथि उल्लेख गरिएका ६ वटा मुलभुत कुराहरुलाई समेटेर एउटा शैक्षिक प्याकेजको रुपमा कार्यक्रमको डिजाइन गरिएको छ । नेपालका केहि स्थानिय तहका विद्यालयमा यो प्याकेजलाई कार्यान्वयन समेत गरिएकोछ जसवाट अपेक्षा गरेको भन्दा राम्रो नतिजा आएको छ । म दावाका साथ भन्छु, विद्यालय सुधार्नका लागि ३ देखि ५ वर्षको समयाबधि दिएर यो प्याकेजलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा गुणस्तर ल्याउन सकिने कुरामा विस्वस्त हुने प्रयाप्त आधारहरु छन् । नमूनाको रुपमा १÷२ विद्यालयमा लागु गरेर त्यसको नतिजाका आधारमा अन्य विद्यालयमा लागु गर्न पनि सकिन्छ । तर धनगढीको कक्षा ८ को नतिजाको तरङले पक्कै पनि सम्बन्धित सरोकारवालाहरुलाई झकझकाएको अवस्थामा यस शैक्षिक प्याकेजले एउटा समाधानको कडीको रुपमा शसक्त रुपमा काम गर्ने कुरामा कुनै दुई मत छैन । एक चोटी प्रयोग गरेर त हेरौ त्यस पछि बहसका थुप्रै पटाहरु त छदैछन नी ।

मिन शाही, सुदुर पश्चिम विश्वद्यिालयमा एम फिल लिडिङ पि एच डी का विद्यार्थी मोवाइल न. ९८४१४६३४४५,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply