पुनर्वासमा रास्वपाको अन्तरकृया कार्यक्रम सम्पन्न,विग्रीएको व्यस्थालाई सहि मार्गमा ल्याउन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश र पुनर्वास नगर समिति आज विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृयाका कार्यक्रमको सभापतित्व रास्वपा, पुनर्वासका नगर सभापति सरेश गजुरलेले गर्नु भएको थियो भने
कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभापति ई= प्रकाश बिष्ट हुँनु हुन्थ्यो कार्यक्रममा वर्तमान राजनीतिक परिघटना राष्ट्रिय स्वतन्त्र पार्टी भुमिका बारे अन्तरकृयामा सहभागिहरुले जिज्ञासाहरु राखेका थिए ।

कार्यक्रममा नगर सभापति गजुरेलले पार्टी निर्माण गर्न स्पष्ट रणनीति, आर्थिक दिगोपना, सदस्यहरुको क्षमता विकास, ठुला जनचासो भएका भ्रष्ट्राचार विरुद्धको अभियानलाई निरन्तर उठान गर्ने, आम नागरिकसंग निरन्तर जोडिएर काम गर्नु पर्ने र यसमा प्रदेशले अनुगमन तथा सहयोगी भूमिका खेल्नु पर्ने कुरा जोड दिनु भयो ।
त्यसै गरी ५ नं. वडा सभापती कमला सुनारले खुला सिमामा हुँने अवैध आयतले स्थानीय उद्योग, उत्पादन धारासायी भएको, स्वदेशमै सामान्य व्यापार व्यवसाय गरेर बस्ने बाताबरण नभएका कारण युवाहरु विदेश पलायन हुँनु परेका हुँदा रास्वपाले स्थानीय उद्योग व्यवसाय प्रवद्र्धन गर्ने र युवालाई स्वदेशमा रोकी देश विकास र उत्पादनमा सहभागि गराउने खालका नीतिहरु ल्याउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।

त्यसै गरि गोपी खड्काले पुनारा पार्टीहरुमा चाकरी र झोले प्रवृति व्यापक भएको कारण ति पुराना पार्टी प्रति युवाहरुमा बितृष्णा जागेकोले सबैका आशा भरोसा भनेको राष्ट्रिय स्वतन्त्र पार्टी भएको हुँदा, यो पार्टीमा झोले प्रवृति पलाउन नदिन र जनचाहाना अनुसार पालिकाहरुमा भएका सबै खालका भ्रष्ट्राचार खोजविन गरि पार्टीको नीति अनुसार भ्रष्ट्राचारमा शुन्य सहनशीलता देखाई भ्रष्ट्राचारीहरुको पर्दाफास गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि रमेश बोहोराले पार्टीको नीति युवा लक्षित हुँन पर्ने र वढि भन्दा बढि युवालाई समेटेर अधि बढ्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरि शिक्षा नीति समय सापेक्ष परिवर्तन गर्नु पर्ने र स्थानीय प्रशासन जन उत्तरदायी नभएको स्थानीय युवा सुरज बाराकोटीले बताउनु भयो ।

कार्यक्रममा स्थानीय व्यवसायहरु धारासायी हुदै गई रहेको र राज्यपक्ष राजश्व् असुलीमा मात्रै केन्द्रित रहेको तर उद्योगी व्यवसायीलाई संरक्षण गर्ने तर्फ ध्यान नदिएको भन्दै व्यवसायी स्थानीय व्यवसायी जित बहादुर तामाङले बताउनु भयो । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक, आर्थिक, सामाजिक, शिक्षाका सवालमा छलफल भएको थियो ।
कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै प्रदेश समिति निरन्तर स्थानीय तहका साथीहरुसंग हातेमालो गरेर अधि बढ्ने प्रदेश सभापति बिष्टले बताउनु भयो । प्रदेश भित्रका सबै पालिकासंग विभिन्न सवालमा दफावार छलफल गराई स्थानीय नागरिकको मर्म र आवश्यकता अनुसारनै प्रदेश पार्टीको नीति तयार पार्ने विषय स्पष्ट पार्नु भयो । स्थानीय नागरिकलाई परेको समस्याहरुलाई आ–आफ्नो तहबाट समधान गर्न आफु पनि लाग्ने र पालिका समितिलाई पनि लाग्न अनुरोध गर्नु भयो । व्यस्थालाई सुशासन युक्त बनाउन सके धेरै समस्या हल हुँने हुँदा विग्रीएको व्यस्थालाई सहि मार्गमा ल्याउन नै रास्वपा स्थापना भएको प्रदेश सभापति बिष्टले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply