कञ्चनपुरमा ४ वर्षीया बालिकाको माछा पोखरीमा डुबेर मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–८ धारापानी बस्ने राजेश धामीको ४ वर्षीया छोरी अनु धामी खेलिरहेको अवस्थामा बिहीबार साँझ घर नजिकै रहेको माछा पोखरीमा डुबेकी थिइन।
यस्तै कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्दा नदीको बगरमा नाम थर, वतन खुल्न नआएका करिब ३०/३५ वर्षीय पुरुषको शव फेला परेको छ। बिहीबार साँझ शव फेला परेको हो।
यसबारे ईलाका प्रहरी कार्यालय झलारीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
यस्तै कैलालीको सीमा भएर बग्ने कर्णाली नदीमा नुहाउने क्रममा डुबेर एक जना पुरुष बेपत्ता भएका छन्।
लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली नदीको शाखा (भंगालो) मा नुहाउने क्रममा गोराङगे बस्ने ३४ वर्षीय भुपेन्द्र न्यौपाने बिहीबार दिउँसो डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
