कृष्णपुर नगरपालिकामा दोस्रो राष्ट्रिय बाल सहभागितादिवस मनाइयो

धनगढी : नेपालको सर्वोच्च अदालतले २०५८ श्रावण २५ गतेका दिनबालबालिका संगठित हुनपाउने अधिकारलाई कानुनीमान्यताको फैसला गरेको दिनको सम्झनामाबालबालिकाको क्षेत्रमाकार्यरत सामाजिक संस्थाहरुको साँझा संगठन कन्सोर्टियमले गतबर्ष देखीमनाउनथालेको राष्ट्रिय बाल सहभागितादिवस कृष्णपुर नगरपालिका यस पटक दोस्रोराष्ट्रिय बाल सहभागितादिवसको रुपमामनाईएको छ ।

महिलातथाबालबालिकाशाखाकृष्णपुर नगरपालिकाको आयोजनातथा नेपाल राष्टिय समाज कल्याणसंघको समन्वयमा मनाइएको सो दिवसमा कृष्णपुर नगरपालिकाका सबै वडाका बालकल्वकाप्रतिनिधिहरु, बाल संजालकाप्रतिनिधिहहरु सहभागीभएर मनाइएको सो दिवसमामुख्य गरि एक अन्र्तक्रियाकार्यक्रम र बाल सहभागीताकार्यविधिनिर्माणका लागिनगरपालिकालाई १ ज्ञापन पत्र बुझाउनु भएको हो ।

कृष्णपुर नगरपालिकाकाउपप्रमुखद्रौपदी रानाको प्रमुखआथित्यतामा सम्पन्नभएको अन्र्तक्रिया कार्यक्रममै सहभागीबालकल्बका टोलीहरुले निजउपमेर मार्फत नगरप्रुखलाई १ वुदे बालसहभागितासम्वन्धिकार्यविधिनिर्माणकालागि ज्ञापन पत्रबुझाएकाथिए ।

महिला तथा बालबालिकाशाखा प्रमुख तथाअधिकृतहरु,नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजकतथाकर्मचारीहरु,वल्र्ड भिजन ईन्टरनेसनल नेपालका फिल्ड संयोजक लगायत बालकल्बका पदाधिकारीहरु, बाल संजालकापदाधिकारीहरु सहभागीभएको सो कार्यक्रममा सहभागी बालकल्वका सदस्यहरु सबैले बालअधिकार सुनिश्चिताकालागि स्थानिय सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्ने र त्यसकालागि यथासिघ्र बाल सहभागिता सम्वन्धिकार्यविधिनिर्माणका लागि जोडदार माग राख्छौ भनेर आफनाबिचारहरु व्यक्त गरेकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply