वाणी बंक पछाडि जैविक तटबन्ध निर्माण हुँदै

धनगढी : कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा न.२ बाणी बजार स्थित पशु सेवा केन्द्र पछाडी बन्द नदीले खेती योग्य जमिन कटान गरि क्षति गरेकाले तत्काल रोकथामका लागि जैविक तटबन्ध निर्माण गरिएको छ वडा नम्बर २मा स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् ।

स्थानीय नागरिक नेपाल प्रहरी वडा नम्बर दुई का वडा अध्यक्ष अर्जुन साउद तीन चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ । स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन् ।

समन्वय तथा सहयोगका लागि कृष्णपुर नगरपालिका,बन्द नदी विपद व्यवस्थापन समिती,EN Nepal मिडिया,नेपाल प्रहरी बिशेष सुरक्षा गण बंक र स्थानीय जनसमुदायलाई वडा नम्बर दुई का वडा अध्यक्ष साउदले धन्यवाद सहित बेक्त गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply