रैकवार खबर दैनिकले पाँचौ औँ बार्षिक उत्सव मनायो

धनगढी : धनगढीबाट प्रकाशित हुदै आएको रैकवार खबर राष्ट्रिय दैनिकले शुक्रबार आफ्नो पाँचौऔँ बार्षिक उत्सब मनाएको छ । रैकवार खबर दैनिक पत्रिका प्रकाशक समुहले धनगढीमा एक औपचारीक कार्यक्रम गरि पाँचौऔँ बार्षिक उत्सबका अबसरमा सल्लाह सुझाब लिएको छ ।

रैकवार संचार केन्द्र द्वारा प्रकाशित रैकवार खबर राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक पदम सुनारको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जाेशीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रिकालाई अझै पठनिय बनाउन सुझाब दिएका छन् ।

सामाज बिकास र रुपान्तरणको मार्गमा पत्रिकालाई साधन बनाउन आग्रह गर्दै बक्ताहरुले सत्यतथ्यमा आधारीत सामाग्रिहरुलाई महत्व दिन आग्रह समेत गरेका छन् । बजार देखी गाउँ सम्मको बिकासमा पत्रिकालाई जोड्न र गतल कार्यमा खबदारी गर्न पनि पत्रिकालाई आग्रह गरेका छन् ।

पत्रिकाको निरन्तरता र गुणस्तरीयतामा बिशेष ध्यान दिन समेत बक्ताहरुले पत्रिका सञ्चालक र श्रमजिवि पत्रकाहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख आतिथी जाेशीले आवाज बिहिनहरुको आवाजलाई स्थान दिदै गलत कार्यको खबरदारी र राम्रो कामको प्रचार गर्न सुझाब दिए । साथै उनले समाचारमा बिबिधता, खोजी र लगानीमा बृद्धि गर्न समेत आग्रह गरेका छन् ।

पत्रिकाले कर्मचारीहरु बबिता भट्ट, आशिष माल,मनाेज ताम्राकार, सरस्वती सुनार, मनिषा सुनार, शालिग्राम उपाध्याय नारायण राना,पुरन राना सुर्य बिक, लालबहादुर चौधरी,बर्षा सुनार, राेशनी ताम्राकार सहित लेखक,स्तम्भकारहरुलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply