धनगढी – कञ्चनपुर जिल्लाकाे सिमावर्ती गड्डाचाैकी नाका वनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार (आज) बेहोस अवस्थामा फेला परेका हुन्।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए। बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारती प्रहरीको जिम्मामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले भने `हामिलाई त्यसाे जानकारी आएकाे छैन, बाहिर हल्ला सुन्याै साे बारेमा बुझ्ने काममा छाै ।´
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
