बाजुरामा एक शिशु झाडीमा फालेको अवस्थामा भेटिए उनको पहिचान नखुलेको प्रहरीको भनाई

धनगढी : बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा न . ४ टोलीमा भरखरै जन्मिएका एक बेवारिसे शिशु झाडिमा फालेको अवस्थामा भेटिएका छन् ।उनि सोमवार (आज) दिउँसो भटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुलेको छैन । भरखरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ । उनि बालक हुन् । अहिले स्थानीय ४२ वर्षिया करिष्मा भण्डारीको जिम्मा लगाए उपचारका लागि अछाम् स्थित बयालपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यो बिषय थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् ।
झाडिमा फालेका शिशु तस्विर सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply