धनगढी :- कञ्चनपुराे सिद्धनाथ मा.वि. जिमुवामा मिति २०५०/०४/३२ गतेका दिन यस विद्यालय प्रशासनले दुबै पक्ष संग छलफल गरि समस्या समाधान भएपश्चात पुनः मिति २०५०/०५/०३ गतेका दिन यस विद्यालयमा कार्यरत विद्यालय कर्मचारी लेखापाल श्री विरेन्द्र प्रसाद जोशीलाई सुनियोजित तरिकाले चरित्र हत्या गर्दै अभद्रव्यवहार गरि विद्यालय संग प्रत्यक्ष रुपमा सरोकार नभएका दर्जनौ व्यक्तिहरु हुलदंगा सहित विद्यालय हाता भित्र प्रवेश गरि सुरक्षा निकायका कर्मचारी मित्रहरुले निजलाई नियन्त्रणमा लिई राखेकै अवस्थामा छानविनका विधि र पद्धति मिचि दुगांमुढा, हेल्मेट प्रयोग गरि गम्भिर घाइते बनाएको घटना प्रति विद्यालय परिवार दुःख व्यक्त गर्दै घृणित घटना प्रति आक्राेसित छन् । सुनियोजित तरिकाले घटाइएको घटनामा गम्भिर घाइतेको कैलाली जिल्लाको निसर्ग अस्पतालमा आइसियूमा उपचार भइरहेको हुनाले विद्यालय परिवार शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । उक्त घटनालाई सत्य तथ्य रुपमा छानविन गरि दोषि माथि कारवाहि गर्नकालागि विद्यालय प्रशासन जोडदार माग गर्दै यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको चरित्र हत्या गर्न खोज्ने, योजनाबद्ध रुपमा घटना घटाउने, समाजिक सदभाव खलबल्याउने, शैक्षिक वातावरणलाई धमल्याउने तथा नियन्त्रणमा लिई विद्यालय भित्र हतकडी लगाउने र सुरक्षा गर्न नसक्ने साथै हतकडीलगाएका व्यक्तिलाई कुटपिट गराउनमा लुप्त भूमिका निर्वाह गर्ने अराजक तत्व र प्रहरी प्रशासनका कर्मचारीहरुलाई यथा शिघ्र कारवाहिको माग गरेका छन् ।
यस घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रसारण भईरहेको हुनाले सत्य तथ्यरुपमा समाचार सम्प्रेषण गरि घटनालाई छानविन गर्न सहयोग पुग्ने खालको वातावरण सिर्जना गरिदिनहुन सञ्चारकर्मी मित्रहरुलाई आग्रह गर्दछौ । साथै प्रहरीकै नियन्त्रणमा विद्यालय कार्यालय भित्र हतकडी लगाई निजलाई मरणासन्न हुने गरि भएको उक्त घटनाले सम्पूर्ण विद्यार्थीको मानसिकतामा समेत नकारात्मक असर पुगेकाले उक्त गतिविधिको घोर भर्त्सना गरेका छन्
अन्त्यमा उक्त घटनामा संलग्न दोषी उपर यथा शिघ्र छानविन गरि कारवाहि प्रक्रिया अगाडी नबढाएमा थप कानुनी प्रक्रिया सहित सार्वजनिक मुद्दा दर्ता गर्न विद्यालय प्रशासन वाध्य हुने छ । दर्जनौ सुरक्षाकर्मी सुरक्षामा खटिए तापनि प्रहरी भ्यान विद्यालय प्राङ्गण भन्दा १५० मिटरको दुरीमा राख्ने र १५० मिटरको दुरी सम्म अराजक भीडले इटा, दुगां, हेल्मेटले प्रहार गरि लखेटि लखेटि निजलाई कुट्नु, पिट्नु र प्रहरी मुकदर्शक बन्नु जस्ता घटनाले प्रहरी प्रशासनको सुरक्षा व्यवस्था उदाङ्गो भएको छ । प्रहरी प्रशासनको यस्तो गैर जिम्मेवार सुरक्षा व्यवस्थाले हामी यस विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी विद्यालयमा पठनपाठनको वातावरण नबनुञ्जेल सम्म विद्यालय बन्द गर्ने समेत जानकारी गराउदछौ । सम्पूर्ण शिक्षक कर्मचारी ट्रेडहरुलाई यस घटनाको सत्य तथ्य छानविन गरि दोषी उपर कारवाहीका लागि दबाव सिर्जना गरेका छन् ।
