धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले जिम्मेबारी बाँडफाँड गरेको छ । बैठकले पार्टी केन्द्रको योजना अनुसार संचालन गर्ने तीन महिने अभियानको लागि कार्य विभाजन गरेको हो ।
प्रदेश कमिटिको बैठकले जिल्ला इन्चार्ज परिवर्तन गरेको छ । बैठकको निर्णय अनुसार दार्चुला इन्चार्जमा नरेन्द्र कुँवर बिजय सुन्दरलाई तोकेको छ भने बैतडी इन्चार्जमा रामप्रसाद तिमिल्सेनालाई तोकिएको छ ।
यसअघि दार्चुला इन्चार्जमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवंम् प्रदेश सभा सदस्य लक्ष्मी विक जिम्मेवारीमा रहेका थिए ।
यस्तै डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन, डोटीमा लक्ष्मीराम आचार्य, कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, र कञ्चनपुर इन्चार्जमा वीरमान चौधरीलाई तोकिएको छ ।
बैठकले अभियानका लागि खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
