महेन्द्रनगर। दोधाराचाँदनी नगरपालिका–७ कञ्चभोजबाट सशस्त्र प्रहरीले अबैध बोईलर कुखुरा बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म देबिस्थानबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भित्र्याइएको कुखुरा बरामद गरेको हो।
बरामद गरिएको २ सय २५ केजी कुखुरालाई स्थानीयको रहोबरमा नष्ट गरिएको छ।
सशस्त्र प्रहरीले गत माघदेखी हाल अवैध रुपमा भारतबाट ल्याइएको ४ हजार ८ सय २५ केजी कुखुरा बरामद गरि नष्ट गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
