सरस्वती सुनार
धनगढी :- कञ्चनपुर राजघाट स्थित माेहना नदिमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । कृष्णपुर गरपालिका वडा नं. ९ राजघाट बस्ने अन्दाजी ७० वर्षकी गौरी देवी महराको
माेहना नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नदिमा हातखुट्टा धुने क्रममा चिप्लन गई उक्त नदिमा बेपत्ता भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सो घटनाबारे जानकारी पाउनासाथै
ईलाका प्रहरी कार्यालय झलारीको प्रमुख प्रहरी निरीक्षक बिर बहादुर बुढाऐरकाे कमान सहित सशस्त्र प्रहरी बल झलारीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदिबाट बाहिर निकालेको हो
मृतक महराको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
