जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सामग्री हस्तान्तरण गरे

धनगढीः  दार्चुलाका एक युवाले आफ्नो जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत दार्चुलाको शैल्यशिखर नगरपालिकाका बल्देव कपाडीले जन्मदिनको अवसर पारेर आश्रमलाई आज खाद्यन्न सहयोग गरेका हुन्।

कपाडीले आश्रमलाई १५ हजार ७ सय मुल्यको ८ कट्टा चामल १० किलो दाल र फलफुलसमेत सहयोग गरेका हुन्। मानव सेवा आश्रम परिवारका अभिभावक जिल्ला सदस्य डिल्लीराज भट्ट र आश्रमका कैलाली शाखा संयोजक लोकेन्द्र शाहलाई कपाडीले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। साथै भट्टले आश्रमका बारेमा कपाडीलाई अवगतसमेत गराएका थिए। उन्ले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन । अस्पतालमा कार्यरत कपाडीले समाजसेवामा अग्रसर रहने बस्यालले आगामी दिन्मा पनि यस्तै सहयोग जारी राख्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply