माओवादी केन्द्रको तीन महिने अभियान ९ वटै जिल्लाको जिम्मेवारी

धनगढी :- सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन् । जनयसंख्याको हिसाबले घरघरमा पुग्ने गरी कैलालीमा १३ अभियान टोली खटिएका छन् । पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन् ।

कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरू त्रिलोचन भट्ट, शान्ति नेपाली रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतीकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल खटिएका छन् । प्रदेश अध्यक्ष हरिराम चौधरीले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।

डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरू, भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामी लगायत अन्य पनि रहेका छन् ।

दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन् । जिल्ला संयोजक र प्रदेश सदस्यहरूले पनि अभियान टोलीको नेतृत्व गरेका छन् । केन्द्रीय सदस्यहरू, नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पान सिंह धामी, लाल बहादुर बिक, प्रदेश सदस्य हुन् । त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टिमको नेतृत्व गरेका छन् ।

बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन् । एक जना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन् । जसमा रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन् ।

अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । भौगोलिक रूपमा ठुलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन् । केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग बिक, शिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरू जोरा सिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, इश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन् ।

डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरू, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।

कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरू, नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन् । त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन् ।

बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियारले अभियान टोलीको नेतृत्व गरेका छन् भने जिल्ला सचिव रमेशराज बिकले पनि नेतृत्व गरेका छन् ।

बझाङः जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह ठगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम बिक, प्रदेश उपाध्यक्ष, रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply